शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकता प्रक्रिया ‘अड्किएको’ भनिएका बेला प्रचण्डको आयो यस्तो अभिव्यक्ति

सोमबार, ०३ वैशाख २०७५, १७ : १३
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसागको पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन गम्भीर वार्ता भईरहेको बताएका छन् । 
प्रचण्डले पर्टी एकतालाई निष्कर्षमा पुर्‍याउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको पनि स्पष्ट पारे । 
 पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसाग सोमबार विहान झण्डै २ घण्टा लामो छलफल गरिएको पनि सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए । 
 भोली विहान नौं बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अघि बढाउन ठोस निर्णय लिने अध्यक्ष उनको भनाई छ । पार्टी एकतालाई अघि बढाउने दायित्व पूरा गर्न आफूहरु केन्द्रित भएको पनि प्रचण्डले स्मरण गराए । 

अध्यक्ष दाहालले एमालेसागको एकतालाई निष्कर्षमा पुर्‍याउने गरी पार्टी भित्र निर्णायक छलफल गर्ने तयारी पनि गरेका छन् । 
 अध्यक्ष दाहालमाथि पार्टी भित्रबाट एमालेसागको एकता बराबरीको आधारमा गर्न दवाव परेको छ । बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने निर्णय लिएका दुवै दलको नेतृत्वले त्यसका लागि आ–आफ्नो पार्टी भित्रको तयारीलाई अन्तिम रुप दिने कामलाई अव अघि बढाउने तयारी गरेका हुन् । अध्यक्ष दाहालले पार्टी एकताका लागि लिइएको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुमाथि रहेको पनि स्पष्ट पारे । 
 प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भारत भ्रमणबाट फर्के लगत्तै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने निर्णय भएपनि त्यसयता दुई पार्टीबीच एकतालाई अन्तिम रुप दिने विषयमा औंपचारिक छलफल समेत हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप