बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीले सुनाए चीन भ्रमणका यस्ता एजेण्डा

सोमबार, ०३ वैशाख २०७५, १६ : २१
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् ।

मन्त्री ज्ञवालीले बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् ।

आजै साँझ ५ दिने चीन भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी चीनसँग यसअघि भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल गर्ने बताए । 

उनले पहिलो पटक केपी ओली प्रधानमन्त्री भएका बेला बेइजिङमा भएको पारवहन सम्झौताको डकुमेन्ट गत अगस्तमा मात्रै बुझाएको र उक्त प्रतिवेदनबारे अध्ययन भइरहेको पनि जानकारी दिए । 

उनले तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत रहने समेत बताए ।  ‘तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा धेरै कुराको दुईपक्षीय रुपमा पहचिान भइसकेको छ अव ति विषयलाई कसरी छिटो निश्कर्षमा पुरयाँउन सकिन्छ भन्नेमा यो भ्रमण केन्द्रीत हुन्छ’ मन्त्री ज्ञवालीको भनाई छ । 

 तातोपानी नाका खुलाउने प्रयास यसअघि नै भएपनि डाँडो नै हल्लिएकाले सो नाका खुलाउन केहि समय लाग्न सक्ने भएकाले  अरु नाका चाडो खुलाउन पहल गरिने उनको भनाई छ । त्यस्तै भ्रमणका बेला नेपालमा भएको तीनै तहको चुनावबारे चिनियाँ पक्षलाई जानकारी गराउने तयारी गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले २०१८ उच्चस्तरीय भ्रमणको बर्षको रुपमा रहने भन्दै नेपालका प्रधानमन्त्री चीन जाने र चिनियाँ उच्चपदाधिकारीहरु यो बर्ष नेपाल आउने दावी समेत गरे । नेपालले दुई छिमेकी देशबीच पन्चशीलकै अाधारमा सम्बन्ध  विस्तार गर्ने मन्त्री ज्ञवालीले सुनाए । 

सरकारले यसअघि भुकम्पपछि चिनियाँ सकारले पुर्वधार निर्माणमा दिने भनेको सहयोग र उसले पुननिर्माणमा गर्दै आएका कामबारे पनि समीक्षा हुने जनाएको छ । मन्त्रालयका अनुसार चीन सरकारले भुकम्पपछि भौतिक पुर्वाधार निर्माणमा घोषणा गरेकोमध्ये ३ मिलियन युआन रकम दिइसको छ । त्यस्तै दरवार हाइस्कुल र बसन्तपुर दरबार निर्माण गर्ने बचन दिएको चीनले बसन्तपुरको पुननिर्माण सुरु गरिसकेको छ । दरबार हाइस्कुल पुननिर्माणमा भने कुन डिजाइनमा गर्ने भन्ने सहमति नहुँदा सुरु नै हुन सकेको छैन ।  

त्यस्तै यो भ्रमणमा सम्बन्ध सुदृढ पार्ने तथा सडक रेल, ट्रान्समिसन लाइन लगायतका विषय पनि छलफलका विषय बन्ने मन्त्री ज्ञवालीले जनाएका छन् । मन्त्री ज्ञवाली २१ अप्रिलमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

चीन सरकारले यसअघि नेपालमा गर्ने भनेको सहयोगबारे अलमल भइरहेका बेला परराष्ट्रमन्त्रीको भ्रमण र त्यसपछि हुने भनिएको प्रधानमन्त्रीस्तरीय भ्रमणले सम्झौता कार्यन्वयनमा तीव्रता हुने अपेक्षा गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप