शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से दोहोरो अंकले बढ्दा पनि एनएलआइसीका संस्थापकले सबै भन्दा बढी गुमाए

सोमबार, ०३ वैशाख २०७५, १५ : २०
सोमबार, ०३ वैशाख २०७५

काठमाडाैं-सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार १७.४२ अंकले बढेर १२९७.५७ अंकमा आइपुगेर रोकिएको छ ।  समग्रमा बजार १.३६ प्रतिशतले बढेको हो  ।

कारोबारमा आएका १६७ कम्पनीको  ५७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । यस दिन अन्य समुह बाहेक सबै समुहमा हरियाली छाएको छ ।  बजार दोहोरो अंकले बढ्दा सबैभन्दा बढी बिमा समुह २९३.२४ अंकले बढेको छ भने माइक्रोफाइनान्सतर्फ ७२.११ अंकले बढेको छ ।  होटल समुह ५२.१६ अंकले बढेको छ । यो दिन सबैभन्दा बढी प्रभु बैंकको २ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

प्रिमियर इन्सुरेन्सको  २ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने गुराँस लाइफ इन्सुरेन्सको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

बजार बढ्दा सबैभन्दा बढी प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक लगानीकर्ताले कमाएका छन । बजार बढ्दा पनि सबैभन्दा बढी गुमाउनेमा नेपाल लाइफ इन्सुरेन्सका लगानीकर्ता परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप