शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नुहाउँदाका ६ गल्ती

सोमबार, ०३ वैशाख २०७५, १४ : ३३
सोमबार, ०३ वैशाख २०७५

गर्मी मौसममा दैनिक रूपमा नुहाउनुपर्ने हुन्छ । नत्र धुलो र पसिनाले शरीरलाई फोहोर बनाउँछ । तर, नुहाउने समयमा पनि हामीले कैयौँ गल्ती गरिरहेका हुन्छौँ । नुहाउँदा अपनाउनुपर्ने सावधानीबारे एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :

१ .वालमा टावेल बाँध्ने
प्रायःको नुहाएपछि चिसो कपालमा टावेल बाँध्ने प्रचलन हुन्छ । जुन गलत हो । यस्तो गर्दा कपाललाई मा हानि पुग्छ । कपाल छिन्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले नुहाएपछि हल्का रूपमा पानी पुछ्नुस् र हावामा सुक्न दिनुहोस् ।

२.लुफाको गलत प्रयोग
नुहाउने समय शरीरको फोहोर हटाउन लुफाको प्रयोग गरिन्छ । तर, प्रयोगपछि भिजेको लुफालाई बाथरुममा राख्नुहुँदैन । किनकि, यस्तो गर्दा लुफामा ब्याक्टेरिया फैलन्छ । र, अर्कोपटक चिसो लुफाको प्रयोग गर्दा शरीरमा यस्तो ब्याक्टेरिया प्रवेश गर्छ । त्यसैले जहिले पनि प्रयोगपछि लुफालाई घाममा राख्न आवश्यक हुन्छ ।

३.पैताला सफा नगर्ने
कतिपयले नुहाउने समय पैतालाको सफाइमा भने त्यति ध्यान दिँदैनन् । दैनिक रूपमा पैतालाको सफा नगर्दा फंगल इन्फेक्सन हुने खतरा हुन्छ । त्यस्तै कैयौँ प्रकारका स्किन डिजिजको समस्या पनि हुन सक्छ । त्यसैले नुहाउने वेला स्क्रबर र हातका औँलाका सहायताले राम्रोसँग पैताला तथा औँलाका काप सफा गर्नुपर्छ ।

४.सधैँ स्याम्पु
तपार्इं दैनिक नुहाउनुहुन्छ र नुहाउँदा स्याम्पुको प्रयोग गर्नुहुन्छ भने गलत गर्दै हुुनुहुन्छ । दैनिक स्याम्पुको प्रयोगले कपालमा भएको नेचुरल तेललाई हटाउने काम गर्छ । जसका कारण चमक घट्दै जान्छ । त्यसैले, हप्तामा दुईपटक मात्र कपालमा स्याम्पुको प्रयोग गर्दा
राम्रो हुन्छ ।

५.सबै कपालमा कन्डिसनर
टाउकाको सबै भागमा कन्डिसनको प्रयोग गर्नुहुँदैन । कपालको पछिल्लो भागमा मात्र कन्डिसनरको प्रयोग गर्नुपर्छ । त्यसैले, नुहाउने समय कन्डिसनरको गलत प्रयोगबाट बच्न जरुरी हुन्छ । गलत तरिकाले कन्डिसनको प्रयोग गर्दा कपाल र टाउकोसम्बन्धी समस्या देखा पर्न सक्छ ।

६.सुकाउन हतार
नुहाइसकेपछि शरीर सुकाउन हतार गर्नुहुँदैन । धेरै नुहाउनेबित्तिकै टावेलले शरीर रगट्ने र तुरुन्तै सुकाउने प्रयासमा हुन्छन् । यस्तो गर्दा स्किन सुक्खा हुनेलगायतका समस्या भोग्नुपर्ने हुन सक्छ । त्यसैले नुहाएपछि टावेल थपथपाउने र नेचुरल ढंगले सुक्न दिनुपर्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप