शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अधिनायकवाद शुरु भइसक्यो :सभापति देउवा

सोमबार, ०३ वैशाख २०७५, १३ : ४६
सोमबार, ०३ वैशाख २०७५

चितवन - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । 

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले  मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । 

उनले भने  “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” 
अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” 

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए ।
प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप