शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाहको २० दिन अघि अलग भए जोन सिना र निक्की बेला

सोमबार, ०३ वैशाख २०७५, १३ : ४१
सोमबार, ०३ वैशाख २०७५

न्युयोर्क । डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले आफूहरु अलग भएको घोषणा गरेका छन् ।

‘यो निर्णय निकै कठिन थियो । एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य जारी गर्दै लेखेकी छन् ।

दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने आगामी ५ मे मा विवाह बन्धनमा बाँधिदै थिए ।

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन् ।

पूर्व च्याम्पियन रहेका दुवैले आफ्नै रियालिटी शो टोटल बेलाज पनि चलाएका थिए ।

फ्लोरिडामा भएको रेसलमेनिया ३३ का दौरान गत वर्ष जोडी खेलपछि जोन सिनाले बेलालाई विवाहको प्रस्ताव गरेका थिए ।

दुवै जना केही दिनअघि मात्र सँगै देखिएका थिए । यसले डब्लुडब्लुईका फ्यानहरु आश्चर्यचकित बनेका छन् ।

जोन सिनाले हलिउडमा पनि राम्रो करियर बनाएका छन् । उनको नयाँ चलचित्र बलकर्स आउँदैछ ।

यता, जोन सिनाले आफ्ना इन्सटाग्राममा ‘अहिलेसम्मकै खराब दिन’ भनेर लेखेका छन् ।

रेस्लिङ फ्यानहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु जनाइरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप