बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हकप्रद सेयर निष्काशन गर्ने युनाइटेड इन्सुरेन्सको निर्णय

सोमबार, ०३ वैशाख २०७५, १२ : ३३
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–युनाइटेड इन्सुरेन्स कम्पनीले पुँजी बृद्धिका लागि १ः२.४ अनुपातमा (१० कित्ता सेयर बराबर थप २४ कित्ता ) हपकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
 कम्पनीको आइतबार बसेको  सञ्चालक समितिको बैठकले सो अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । नियामक बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई २०७५ असार मसान्तसम्म १ अर्ब रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याइ सक्नुपर्ने निर्देशन दिएको छ । पुँजी बृद्धिकै लागि कमपनीले हकप्रदको साहारा लिन लागेको हो । कम्पनीको हालको पुँजी ३० करोड २४ लाख रुपैयाँ छ ।  हकप्रद निष्काशन पछि युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ  पुग्नेछ । यद्यपि यो हकप्रद नियामक बिमा समितिबाट पारित भएर कम्पनीको साधारण सभाले पनि पारित गरेपछि मात्र वित्तरण हुनेछ ।
चालु आवको दोस्रो त्रैमाससम्म युनाइटेडको प्रतिसेयर  आम्दानी १३.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६८ रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप