हकप्रद सेयर निष्काशन गर्ने युनाइटेड इन्सुरेन्सको निर्णय
काठमाडौं–युनाइटेड इन्सुरेन्स कम्पनीले पुँजी बृद्धिका लागि १ः२.४ अनुपातमा (१० कित्ता सेयर बराबर थप २४ कित्ता ) हपकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । नियामक बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई २०७५ असार मसान्तसम्म १ अर्ब रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याइ सक्नुपर्ने निर्देशन दिएको छ । पुँजी बृद्धिकै लागि कमपनीले हकप्रदको साहारा लिन लागेको हो । कम्पनीको हालको पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पछि युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यद्यपि यो हकप्रद नियामक बिमा समितिबाट पारित भएर कम्पनीको साधारण सभाले पनि पारित गरेपछि मात्र वित्तरण हुनेछ ।
चालु आवको दोस्रो त्रैमाससम्म युनाइटेडको प्रतिसेयर आम्दानी १३.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६८ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण