बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन आह्वान

सोमबार, ०३ वैशाख २०७५, १२ : ०८
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं– वस्तु विनिमय बजार सञ्चालन (कमोडिटी मार्केट) गर्न चाहने कम्पनीले २१ दिन भित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराउनुपर्ने भएको छ ।  
आजको मितिले २१ दिन भित्र पनि सञ्चालनको अनुमति माग्दै आवदेन दिन नआएमा कम्पनी सञ्चालन गर्न नपाउने बोर्डले  स्पष्ट पारेको छ ।  
बोर्डका प्रवक्ता निरज गिरीले सीमित संख्यामा यस्ता कम्पनीहरु आउन भनेर समयसीमा तोकिएको बताए ।
 उनले भने ‘समयसिमा नतोकिदा बस्तु विनिमय बजार सञ्चालन गर्न  धेरै कम्पनी आउने र उनीहरुको नियमन गर्न कठिन हुनसक्ने अवस्थालाई  मध्यनजर गर्दै  निश्चित समय तोकिएको हो ।’
 वस्तु विनिमय बजार कम्पनीले आइपिओ जारी गर्न पाउने÷नपाउने भन्ने बारे स्पष्ट पारिएको छैन ।
हालसम्म चारवटा कम्पनीले सञ्चालनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । 
 विनिमय बजार सञ्चालन गर्न न्युनत्तम चुक्ता पुँजी ५० करोड रुपैयाँ सम्म हुनुपर्ने व्यवस्था छ । कामको प्रकृति हेरेर चुक्ता पुँजी निर्धारण गरिएको छ । 
वेयर हाउसका लागि १५ करोड रुपैयाँ, राफसाफ तथा फस्र्यौटका लागि ७ करोड रुपैयाँ,  व्यवस्थापकको लागि ५ करोड, परामर्शदाताका लागि १ करोड रुपैयाँ र वस्तु कारोबार दलालका लागि ५० लाख रुपैयाँ  पुँजी हुनुपर्नेछ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप