बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाजेको सेकुवा न्युयोर्कमा

सोमबार, ०३ वैशाख २०७५, ११ : ३७
सोमबार, ०३ वैशाख २०७५

न्युयोर्क– प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ ।
 
सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटी लगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए । 

यसै क्रममा बाजेको सेकुवाको एक नेपाली लगानीकर्ता दीपक भण्डारीले नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुशी व्यक्त गरे । 

यस्तै  बाजेको सेकुवाको अध्यक्ष चेतनाथ भण्डारीले आफ्नो ब्राण्डलाई अन्तराष्ट्रियकरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप