बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सातामा ९ सयले बढ्यो, आज कतिमा कारोबार ?

सोमबार, ०३ वैशाख २०७५, ११ : २१
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–सुनको मूल्य एक सातामा प्रतितोला ९०० रुपैयाँले बढेको छ । चैत २६ गते प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा ९ सय रुपैयाँले बढेर बैशाख ३ गते (सोमबार) सम्म आइपुग्दा ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ ।  आज तेजावी सुन भने ५८ हजार ५ सय रुपैयाँ कायम भइरहेको छ ।
यता चाँदी एक सातामा  प्रतितोला १५ रुपैयाँले बढेको छ । चैत २६ गते चाँदी प्रतितोला ७४० रुपैयाँ थियो । एक सातामा १५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ कायम भएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप