मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशियाको कार्ड प्रयोगमा नयाँ वर्षभरी ५% देखि ५०% सम्म छुट

सोमबार, ०३ वैशाख २०७५, १० : २०
सोमबार, ०३ वैशाख २०७५

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स. २०७५ साल भरी विशेष छुटको सुविधा दिने अफर ल्याएको छ । 

जसमा बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा–वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखि ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो । 

२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । 

हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । 

साथै, बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप