मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इस्कोको उत्कृष्ट गोलको मद्दतले तेस्रो स्थानमा उक्लियो रियल

सोमबार, ०३ वैशाख २०७५, १० : १२
सोमबार, ०३ वैशाख २०७५

म्याड्रिड । ला लिगाको पुछारमा रहेको टोली मालागालाई पराजित गर्दै रियल म्याड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्टसमाथि च्याम्पियन्स लिगमा जित हासिल गरेपछि रियलले आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डो र गेराथ बेल लगायत थुप्रै प्रमुख खेलाडीहरुलाई आराम दिएको थियो ।

रियलका लागि इस्कोले आफ्नो पुरानो क्लबविरुद्ध खेलको २९ औँ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा उनले कासिमेरोका लागि गोलको अवसर सृजना गरे ।

डिएगो रोलानले जिसस भालेहोको गल्तीको फाइदा उठाउँदै इन्जुरी समयमा मालागाका लागि सान्तवना गोल गरे ।

यस सिजन मात्र ४ खेल जितेको मालागा ६ खेल बाँकी छँदा सुरक्षित जोनबाट १४ अंक टाढा रहेको छ ।

भ्यालेन्सियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको रियल दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि रहेको छ ।

एथ्लेटिकोले लेभान्तेलाई ३–० ले पराजित गर्यो ।

एथ्लेटिकोको जीतमा एन्जल कोरेया, एन्टोनियो ग्रिजमान र फर्नान्डो टोरेसले एक–एक गोल गरे ।

योसँगै टोरेसले ला लिगामा सय गोल पनि पूरा गरेका छन् ।

जीतका वावजुद एथ्लेटिको बार्सिलोनाभन्दा ११ अंकले पछि रहेको छ ।

घरेलु मैदानमा खेलिएका पछिल्ला १० खेल जितेको एथ्लेटिकोले युरोपा लिगको सेमिफाइनलमा आर्सनलको सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप