साबिक विजेता मोनाकोविरुद्ध गोलको वर्षा गर्दै पीएसजीलाई लिग वानको उपाधि

पेरिस । साबिक विजेता मोनाकोविरुद्ध ७–१ गोलअन्तरको विशाल जीत हासिल गर्दै पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधिमाथि कब्जा जमाएको छ ।
जीतपछि दोस्रो स्थानमा रहेको मोनाको विरुद्ध अद्वितीय १७ अंकको अग्रता हासिल गर्दै पीएजसीले लिग उपाधि जित्न सफल भएको हो ।
पीएसजीको जीतमा जियोभानी लो सेल्सो र एन्जल डिमारियाले दुई–दुई गोल गरे भने एडिसन कभानी र जुलियन ड्राक्सलरले पनि एक–एक गोल गरे ।
रामाडेल फाल्काओले आत्मघाती गोल गरे भने मोनाकोका लागि रोनी लोपेसले सान्तवना गोल फर्काए ।
मोनाकाले गत सिजन १७ वर्षपछि लिग उपाधि जितेको थियो । जसमा रामाडेल फाल्काओ र फ्रेन्च युवा खेलाडी कायलिन एमबापे नायक थिए । फाल्काओ क्लबमा रहे पनि एमबापे पीएसजीसँग आबद्ध भएका छन् भने बेन्जामिन मेन्डी लगायत क्लबका अन्य मुख्य खेलाडीले क्लब छाडेका छन् । जसका कारण यो सिजन मोनाकोले उपाधिमा कुनै दाबेदारी प्रस्तुत गर्न सकेन ।
पएसजीले मोनाकोलाई नै फ्रेन्च लिग कपको फाइनलमा ३–० गोल अन्तरले पराजित गरेको थियो ।
यता, पीएजसीले पछिल्ला ६ सिजनमा पाँचौ लिग उपाधि जित्न सफल भएको छ ।
तपाईको ईमेल गोप्य राखिनेछ