कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छः प्रम ओली
सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि स्थानीय बस्ती आधुनिक ढंगले विस्तार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउँन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए । ‘कर्णाली आर्थिक र मानव विकास सुचांकका दृष्टिले पछाडि परेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।’
कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसग जोडिएको छैन’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण उत्तरी छिमेकीसँगका नाका खोल्नुुपर्छ ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने पनि बताए । उनले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने भन्दै समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुलाई अगुवाइ गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण