सूर्योदय यातायातद्धारा अशोक लेलैण्डका बस सञ्चालनमा
काठमाडौं–नयाँ वर्षको आगमनसँगै सूर्योदय यातायात एण्ड अटो प्रा. ली. ले अशोक लेलैण्डका १५ ओटा ‘लिंक्स स्मार्ट इलाइट प्लस’ मोडेलका बस सञ्चालनमा ल्याएको छ । सो बसमा डिजिटल डिस्पले , टि.भी., वाईफाई , जि.पि.एस् , सि.सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध रहेको बताइएको छ ।
पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उद्देश्यले नयाँ बस ल्याएको जानकारी दिँदै यातायातका अध्यक्ष देवेन्द्र कुमार न्यौपानेले अशोक लेलैण्डका सवारी साधनहरु वास्तवमै राम्रा रहेको बताए ।
कार्यव्रmमकै सन्दर्भमा यातायातका प्रबन्ध निर्देशकसरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए ।
आई एम ई मोटर्स प्रा. ली. का सेल्स हेड सुधिर सुबेदीले समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको बताए ।
साथै उनले १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार