शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामुदायिक विद्यालयको शान : स्कुलकै बस चढ्छन् विद्यार्थी

आइतबार, ०२ वैशाख २०७५, ११ : ०२
आइतबार, ०२ वैशाख २०७५

तेजेन्द्र के.सी.
बुटवल– बुटवलको कान्ति माविमा  अध्ययन गर्नका लागि रूपन्देहीको सैनामैना नगरपालिको बाँसगढी चोककी रचना राना चट्ट स्कुल डे«स लगाएर बिहान सवा ९ बजेतिर तयार हुन्छिन् । 
घरमै साढे ९ बजेतिर विद्यालयको बस पुग्छ ।

बुटवलबाट १८ किलोमिटर दूरीको बाँसगढीबाट सहज रूपमा बुटवल साथीहरूसँगै विद्यालयको बस चढेर सरर  आउँछिन् ।

कान्ति माविमा अङ्ग्रेजी माध्ययमबाट पढाइ हुन्छ । उनको परिवारलाई घरनिजकै रहेका निजी विद्यालयभन्दा बुटवल सामुदायिक विद्यालयमा कान्ति माविमा अध्ययन गर्दा निकै शान लागको छ । उनले

निजी विद्यालय कक्षा ४ सम्म पढेपछि अहिले कान्तिमा अध्ययन गरिहेकी छन् ।

उनले  भनिन्, ‘बस घरमै लिन पुग्छ । अङ्ग्रेजी माध्ययमबाट नै पढाइ हुन्छ । विद्यालयको वातावरण पनि राम्रो छ । बोर्डिङ पढ्नेभन्दा हामी कम छैनौँ ।’

कान्ति माविजस्तै रूपन्देहीका केही राम्रा सामुदायिक विद्यालय आफ्ना विद्यार्थीलाई सहज रूपमा विद्यालय ल्याउन र घर पु¥याउनको बसको व्यवस्था गरेका छन्

जसबाट सामुदायिक विद्यालयको शान थपिएको छ । नतिजालाई आधार मानेर हेर्दा पनि यहाँका सामुदायिक विद्यालय  निकै अगाडि छन् ।

बुटवलको पुरानो सामुदायिक विद्यालयमा कान्ति मावि शिक्षा मन्त्रलायले प्रदेशमा प्रथम घोषणा गरेको विद्यालय हो । 

यस्तै राष्ट्रिय शिक्षा पुरस्कार पाएको कालिका माविले तीनवटा बस सञ्चालन गरेको छ ।  

बुटवल–३ स्थित कान्ति मावि र तिलोत्तमा–५ स्थित शान्ति नमुना माविले टाढा–टाढाका विद्यार्थी बोक्न बसको व्यवस्था गरेका छन् ।

यस्तै तिलोत्तमा नगरपालिको  शिवपुर मावि, बुटवल ११ देवीनगरस्थित नवीन माविले पनि बस सञ्चालन गरेका छन् । कम शुल्क लिएर विद्यार्थीलाई बसको व्यवस्था मिलाइएको छ ।

सामुदायिक विद्यालयले बस सञ्चालनसँगै निजी विद्यालय छोडी भर्ना हुन आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको विद्यालयले जनाएका छन् ।

बुटवलस्थित कान्ति माविले पनि ३ वटा गाडी प्रयोगमा ल्याएर विद्यार्थीलाई सेवा दिइरहेको छ ।

 

विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले टाढाका विद्यार्थी विद्यार्थीहरूलाई लक्षित गरी स्कुलले गाडीको व्यवस्था गरेको बताए । उनले थप दुई बस थप्ने योजना रहेको बताए ।

वैशाख महिना एउटा बस थप्ने योजना रहेको विद्यालयका प्रअ घनश्याम पाठकले बताए ।

कालिका माविका बसले बेलवास, मणिग्राणदेखि चरङ्गे र बुटवल भित्रबाट विद्यार्थी बोक्छन् ।

न्यून भाडादरमा विद्यालयले विद्यार्थी बोकिरहेका छन् ।

निजी बोर्डिङको तुलनामा आधा कम रकम विद्यार्थीले थेरै हुँदा अभिभावक पनि खुसी छन् ।

कालिका माविले चालकको तलब, तेल र मर्मत जोडेर विद्यार्थी शुुल्क लिने गरेको छ ।

यहाँ सामुदायिक विद्यालयहरूमा विद्यार्थी बस चढेको दिनको मात्र शुल्क बुझाउनुपर्छ ।

कालिकाले बस भाडाबापत विद्यार्थीले बढीमा मासिक ३ सय ५० रुपियाँसम्म तिर्नुपरेको छ ।

कान्तिमा पनि यस्तै हाहाहारी दूरीका हिसाबले  भाडा विद्यार्थीले तिर्ने गरेका छन् । कान्तिमा पनि थोरै रकममा विद्यार्थी बोक्ने गरेका प्राचार्य ज्ञवालीले बताए ।

उनले अर्को दुईवटा बस सञ्चालन गर्ने तयारीमा विद्यालय रहेको खुलाउँदै बुटवल तथा छिमेकी सैनामैनाका विद्यार्थीलाई  लक्षति गरेर सञ्चालन गरेको  बताए ।

अभिभावकले पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेको अभिभावक सङ्घ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञावली बताए ।

 

नर्सरीदेखि कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुने यहाँका सामुदायिक विद्यालयहरूको भैतिक संरचान पनि राम्रा नै छन् ।

व्यवस्थित रूपमा कक्षा सञ्चालन गर्दै विद्यालयले बस सञ्चालन गर्न थालेपछि  टाटाका अभिभावकले पनि भर्नामा चासो दिएको कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली बताए  ।  

उनका अनुसार विद्यालयको शैक्षिक गुणस्तर देखेर धेरै अभिभावकले छोराछोरी पढाउन चाहेका  छन् ।
। यहाँका सामुदायिक विद्यालयहरूले एउटा नेपाल सरकारको भन्सार छुटमा  र भारतीय राजदूतावसको सहयोग ल्याएका छन् ।
केहीले आफै विद्यालयले रकम राखेर खरिद गरेका छन् ।

रूपन्देही जिल्लाको तिलोत्तमाको शान्ति नमुना माविले पनि बसको व्यवस्था गर्ने मध्ये अर्को सामुदायिक विद्यालय हो ।

विद्यालयमा अध्ययन गर्ने अधिकांश निम्न वर्गका अभिभावकका छोराछोरी भएकाले उनीहरूलाई सहज रूपमा विद्यालयमा ल्याउनका लागि बसको प्रयोग गरिएको प्रअ कुलप्रसाद लामिछानेले बताए ।
‘तल्लो तहका विद्यार्थीलाई तक्षित गरेर नै बस ल्याएको हो । भन्सार छुट गरेर नयाँ बस विद्यालयले ल्याउँदैछौँ’ प्रअ लामिछानेले भने, ‘पहिला एउटा बस थियो, अहिले अर्को ल्याउँदैछौँ । त्यो साना बच्चालाई लक्षित गरेर हो ।’


साना बच्चालाई समयमै घर पु-याउन नयाँ बस प्रयोग गर्ने योजना शान्ति नमुना माविको छ । 

२२ सय ६३ जना विद्यार्थी छन् । शान्ति नमुनामा २ सय विद्यार्थी थपिने अपेक्षा छ । यसका लागि ४ वटा सेक्सनसमेत थपिँदैछन् ।
गाडीको सुविधा भएपछि ८ किलोमिटर टाढाबाट पनि विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका छन् ।

प्रदेश राजधानीबाट सङ्घीय राजधानीलाई टक्कर

पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको बुझाइमा बुटवलमा शैक्षिक हब बनिसकेको छ ।

गुणस्तणीय शिक्षाका लागि प्रदेश अस्थायी राजधानी बुटवलले सङ्घीय राजधानी टक्कर दिन्छ ।

सरकारले लिन  परीक्षाको नतिजा नै त्यसको पुष्टि गर्ने आधार हो ।  

उनले पछिल्लो दशक बुटवल शैक्षिक हबका रूपमा विकास हुँदै गएको बताए ।  भौतिक पूर्वधार, दक्ष जनशक्ति राखेर यहाँ ठूलो लागानीमा शैक्षिक सस्था सञ्चालनमा छन् । निजी र सामुदायिक दुवै विद्यालयहरू नतिजा र गुणस्तरले सबैको शान बढाएको  छ ।

एसएलसी र एसईईमा आधा दर्जन बोर्डफस्ट निकालेको रूपन्देही उच्च शिक्षाका लागि पनि अब्बल मानिएको रूपन्देहीका जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाले बताए ।
यस क्षेत्रमै सुविधासम्पन्न कलेज सञ्चालनमा रहेकाले उच्च शिक्षाका लागि राजधानी काठमाडौं धाउनै नपर्ने अभिभावक सङ्घ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।
रूपन्देहीको विशेषगरी बुटवलमा ए लेभलदेखि उच्च सुविधा भएका शैक्षिक प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन् ।

एसईई पास गरेका विद्यार्थीले कानुन, कृषि प्राविधिकदेखि लिएर होटल म्यानेजमेन्ट, नर्सिङ, विज्ञान विषयसम्म बुटवलमै पढ्न सकिने व्यवस्था छ ।

बुटवलमा अध्ययरनरत विद्यार्थीहरू व्यवस्थापनमा पटक–पटक पश्चिमाञ्चल प्रथम भएका छन् भने विज्ञानमा काठमाडौंका नामी कलेजभन्दा राम्रो नतिजा ल्याएका छन् । व्यवस्थापन विषयमा न्यु होराइजन, तिलोत्तमा, एम्स, एचिभर्स कलेज बढी विश्वासिलामा मानिन्छन् ।

विज्ञान सङ्कायका लागि ए लेभल सञ्चालन गरिरहेको बुटवल पब्लिकसहितका तिलोत्तमा, अक्सफोर्ड, होराइजन, मणिमुकुन्द, दीप उच्च मावि अब्बल रहेका छन् । ग्लोरियस, क्यानन्न् एभरेस्ट, सिद्धार्थ, प्यारामाउन्ट माविले समेत व्यवस्थापन र विज्ञान विषय चलाएका छन् ।

रूपन्देहीमा इन्जिनियरिङ, शिक्षा, व्यवस्थापन, मानविकी, कानुन, कृषि, स्वास्थ्य विषयको अध्यापन हुने गरेको छ । नेपालगञ्जपूर्वका विद्यार्थीले अध्ययन गर्ने शैक्षिक केन्द्र नै बुटवल बनेको छ ।
नर्सिङ, होटल म्यानेजमेन्टका कक्षाहरू समेत बुटवलमा सञ्चालन रहेकाले बुटवलदेखि पश्चिम क्षेत्रका छात्राहरू यहाँ आउने गरेका छन् ।

विद्यालय समायोजन
शिक्षा मन्त्रालयले पछिल्लो समय लागू गरेको विद्यालय समायोजन विधि यहाँ लागू गरिएको छ । स्थानीयहरूले धमाधमा शिक्षा ऐन जारी गर्दै  विद्यालय समायोजन प्रक्रिया पनि अगाडि बढाएका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा चारवटा सामुदायिक विद्यालयहरू समायोजन भएका छन् ।

नगर शिक्षा समितिको सिफारिसलाई अनुमोदन गर्दै नगरकार्यपालिकाको १८औं बैठकले नयाँ शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने गरी चारवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको हो ।
यसरी समायोजनमा पर्ने विद्यालयहरूमा वडा नं. १ को प्रगति, वडा नं. ८ को भद्रकाली, वडा नं. १४ को नर्मदेश्वर खैरिया र वडा नं. १६ को बोहिया आधारभूत विद्यालय रहेका छन् । यी विद्यालयहरूलाई नजिकका क्रमशः शङ्करनगर दुर्गादत्त मावि, ज्योती आधारभूत विद्यालय, टिकुलिगढ मावि र पशुपति नमुना माविमा समायोजन गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

वर्षौंदेखि न्यून विद्यार्थी भएका विद्यालयहरू तिलोत्तमामा पहिलो पटक समायोजनमा परेका हुन् । यी विद्यालयलाई अघिल्ला वर्षहरूमै समायोजन गर्ने तयारी भए पनि त्यो पूरा हुन सकेको थिएन । कार्यपालिकाको बैठकले समायोजनमा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको विद्यालय पहुँचलाई थप सुनिश्चित प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले विद्यार्थी सङ्ख्या, शैक्षिक उपलब्धि र गुणस्तर बढाउन विभिन्न विद्यालयहरूलाई सचेत गराउँदै सामुदायिक विद्यालय सुधार योजना अघि बढाउने निर्णय गरेको छ । नगर शिक्षा समिति सदस्यसमेत रहनुभएका प्रवक्ता सुरेन्द्र श्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नगरपालिकाले तत्काल केही सुधारका काम अघि बढाउन थालेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप