शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ला लिगामा बार्सिलोनाको नयाँ किर्तिमान

आइतबार, ०२ वैशाख २०७५, १० : २७
आइतबार, ०२ वैशाख २०७५

बार्सिलोना । भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोनाले ला लिगामा लागातार ३९ खेलमा अपराजित रहँदै नयाँ किर्तिमान बनाउन सफल बनेको छ ।

यसअघि यो किर्तिमान रियल सोसिडाडको नाममा थियो । सोसिडाडले सन् १९७८–७९ र १९७९–८० सिजनमा ३८ खेलमा अपराजित रहेको थियो ।

च्याम्पियन्स लिगमा एएस रोमासँग स्तब्ध बन्दै बाहिरिएको बार्सिलोनाका लागि लुइस सुवारेजले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको शुरुवातमा नै अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा सामूएल उमटिटीले गोल गरेपछि बार्सिलोना सहज जीततर्फ अग्रसर बन्यो ।

तर, खेलको अन्त्यतिर ड्यानी पारेहोले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाका केही बेर टाउको दुखाईको विषय बन्यो ।

बार्सिलोनाका गोलकिपर टेर स्टेगनले गल्ती गर्दै भ्यालेन्सियाका कार्लोस सोलेरलाई पास दिए पनि उनले रोड्रिगोको प्रहारलाई रोकेका थिए ।

बार्सिलोनाले अब अर्को हप्ता कोपा डेल रेको फाइनलमा सेभियाको समना गर्नेछ ।

३२ खेलपछि बार्सिलोनाको ८२ अंक रहेको छ भने भ्यालेन्सिया ६५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।

शनिबार नै भएका अन्य खेलमा सेभिया भिल्लेरियालसँग २–२ को बराबरीमा रोकियो भने एथ्लेटिक बिल्बाओ डिपोर्टिभो ला कोरुनासँग २–३ गोलअन्तरले पराजित भयो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप