बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ०२ वैशाख २०७५, ०५ : २३
आइतबार, ०२ वैशाख २०७५

आजको राशिफल  
वि.स.२०७५ वैशाख ०२ गते । आईतबार । ईश्वी सन् २०१८ अप्रिल १५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि चतुर्दशी ६ घडी ७ पला,बिहान ८ बजेर ९ मिनेट उप्रान्त औंशि । नक्षत्र रेवती,५६ घडी ३४ पला । योग वैधृति ४९ घडि २३ पला । करण शकुनि,बिहान ८ बजेर ९ मिनेट उप्रान्त चतुष्पद,बेलुका ७ बजेर ५७ मिनेट नाग । 

आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि मिन । दर्शश्राद्ध। भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा। मध्यपुर थिमिमा बालकुमारी यात्रा। टोखामा चण्डेश्वरी मूलरथ यात्रा। निशि बार्ने औंसी। पञ्चक समाप्ति।
काठमाडौंमा सूर्योदय ५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अरुको काममा समय वित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुँनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

शुभ अंक — १

शुभ रंग — कफि

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) साथिभाई तथा नाता गोतावाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । विद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । 

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

शुभ अंक — ५

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुँनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ । सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुँने योग रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायवाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुँनेछ । बिहानको समय राम्रो रहेकोले राम्रा कामहरु गर्न सकिनेछ ।

शुभ  अंक — ६

शुभ रंग —  सुन्तला

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 

शुभ अंक — ६

शुभ रंग — हरियो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा साबधानि अपनाउँनुहोला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुँन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मन खिन्न हुँनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि  खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

शुभ अंक — ३

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सुन्तला

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप