प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान (तस्बिरसहित)
काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् ।
मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना दिएका हुन् । २०६८ साल चैत १९ जन्मिएका तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो ।
छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेकी छिन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छिन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएका हुन् । 
रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिंदै विद्यालय भर्ना गरिदिएका हुन् ।
प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण