शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिरुको दुईको मद्दतले चेल्सीको उत्कृष्ट पुनरागमन

शनिबार, ०१ वैशाख २०७५, २० : ५८
शनिबार, ०१ वैशाख २०७५

लण्डन । बेञ्चबाट आएका ओलिभर जिरुले दुई गोल गरेपछि चेल्सीले २–० ले पछि परेको स्थिति उल्टाउँदै साउथ ह्याम्पटनमाथि ३–२ को जीत हासिल गर्न सफल भएको छ ।
डुसान टाडिच र जान बेडनारेकले गोल गरेपछि ९ लिग आउटिङमा छैटौँ पराजयतर्फ चेल्सी उन्मुख बनेको थियो ।
तर, जिरुलाई मैदानमा प्रवेश गराउने एन्टोनियो कोन्टेको निर्णय सही बन्यो ।
पाहुना टोलीले खेलको अन्त्यतिर आठ मिनेटको अन्तरालमा तीन गोल गरेपछि तीन अंक बटुल्न सफल रह्यो ।
खेलको ७० औँ मिनेटमा जिरुले चेल्सीको लागि गोल फर्काए भने एडिन हजार्डले पाँच मिनेटपछि खेल बराबरी गरे । ७८ औ मिनेटमा जिरुले चेल्सीका लागि निर्णायक गोल गरे ।
प्रिमियर लिगमा दुई गोलले पछि परेको स्थिति उल्टाएको चेल्सीले सन् २००२ को अगस्तपछि पहिलो पटक हो । यसअघि, क्याउडियो रानिएरीको नेतृत्वमा चेल्सीले चाल्र्टनलाई ३–२ गोलअन्तरले हराएको थियो ।
जीत पछि चेल्सीको ३३ खेलबाट ६०अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ भने साउथ ह्याम्टन २८ अंकसहित लिगको अन्तिम तीनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप