शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक थ्रिलरमा रोय नायक, दिल्लीको पहिलो जीत

शनिबार, ०१ वैशाख २०७५, २० : ३२
शनिबार, ०१ वैशाख २०७५

मुम्बई । मुुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औँ संस्करणमा पहिलो जीत दर्ता गरेको छ ।
अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा दिल्लीका लागि ओपनर जेसन रोय नायक साबित भए । म्यान अफ द म्याच रोयले नटआउट रहँदै ९१ रन बनाएपछि मुम्बईले प्रस्तुत गरेको १९५ रनको लक्ष्य दिल्लीले पछ्याउन सफल रह्यो ।
रोयले मात्र ५३ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ९१ रन बनाए भने उनलाईश्रेयस ऐयरले २७ रन बनाउँदै अन्तिमसम्म साथ दिए । रिसब पन्तले मात्र २५ बलमा ४७ रन बनाउँदै बिस्फोटक ब्याटिङ गरेका थिए ।
मुस्तफिजुर रहमानले खेलको अन्त्यतिर दुईवटा क्याच छोडेका थिए जुन दिल्लीको लागि निकै भारी पर्यो ।
यसअघि, उत्कृष्ट शुरुवात गरेको मुम्बईले त्यसलाई निरन्तरता दिन नसक्दा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९४ रनमा समेटिएको थियो ।
ओपनरद्वय सूर्यकुमार यादव र एविन लुइसले मुम्बईका लागि विस्फोटक शुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि मात्र ८ ओभरमा सय रनको साझेदारी गरेका थिए ।
राहुल तेवाटीयाको बलमा आउट हुनअघि लुइसले २८ बलमा चार चौका र चार छक्काको मद्दतले ४८ रन बनाए भने यादवले ३२ बलमा १ छक्का र ७ चौकाको मद्दतले ५३ रन बनाए । उनी पनि तेवाटीयाको शिकार बने । 
त्यसपछि आएका इसान किशनले २३ बलमा ४४ रन बनाउँदै मुम्बईको पारीलाई अघि बढाएपनि डेनियल क्रिस्टियनको बलमा उनी आउट भएपछि मुम्बईको पारी धर्मरायो । 
कुनै बेला २२० रन भन्दा माथि बनाउने देखिएको मुम्बईले अन्तिम ५ ओभरमा खुलेर खेल्न सकेन ।
दिल्लीका लागि तेवाटिया, क्रिस्टियन र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।
हारपछि साबिक विजेता मुम्बई तीन खेलमा जीतविहीन बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप