शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: कोही हुँदैनन् जाने

शनिबार, ०१ वैशाख २०७५, ०८ : ३३
शनिबार, ०१ वैशाख २०७५

-लक्ष्मण सिटौला   

कोही  हुँदैनन् जाने  फूलको  मलामी 
कोही दिँदैन उसलाई अन्तिम सलामी 

एक्लै ऊ झर्छ भुइँमा काडा नि हुन्न साथ
एक्लै उदासी  गीत गाउँछ  हरेक  रात
कोही दिँदैनन् उसलाई हातको सिरानी 
कोही  हुँदैनन्  जाने  फूलको  मलामी 

साटेर  आँसु  रुन्छ  बिहानी  शीतसँग
मूर्छित जिन्दगीको कस्तो छ है यो रङ 
सबलाई  प्यारो  लाग्ने  सुन्दर जवानी 
कोही  हुँदैनन्  जाने  फूलको  मलामी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप