मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: जिउँदा लास

शनिबार, ०१ वैशाख २०७५, ०८ : २७
शनिबार, ०१ वैशाख २०७५

-राकेश कार्की   

गरिबीभित्रका लासहरू
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लास भएर ।

सास फेर्न पाए पो
बाँच्लान ती लासहरू
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरू

भोकै छन् लासहरू
बाँचे पनि मरे पनि
रोएकै छन् लासहरू
रुवाउने हाँसे पनि ।

लासमाथि बाँच्नेहरू
दुर्गन्धमै बाँचिरहेछन्
ऐस आरामको नशाले
गन्धलाई भुलिरहेछन्

अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लासको गन्धझैं
डकारेर गन्हाइरहेछन्

करोडौं लासहरू
अझ लासै छन्
तिनका आशहरू
पनि लासै छन् ।

लासले मसानमै
जन्म लिनुपरेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नुपरेको छ ।

-लस एन्जेलस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप