शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीपरिषदका निर्णय प्रधानमन्त्रीलाई हस्तान्तरण

शुक्रबार, ३० चैत २०७४, २३ : ०९
शुक्रबार, ३० चैत २०७४

मुगु- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशको आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु हस्तान्तरण गरिएको छ । 
पर्यटन महोत्वसवका लागि रारामा रहनुभएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्णयहरु हस्तान्तरण गर्दै संघीय सरकारबाट आवश्यक पहल र आर्थिक सहायताका लागि आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश आर्थिकरुपमा पछाडि परेको भए पनि सम्भावनाको खानी भएकाले आवश्यक सहयोग गर्ने र त्यसका लागि ठोस योजना ल्याउन प्रदेश सरकारलाई उहाँले सुझाव दिनुभयो । 
बैठकले कर्णाली प्रदेशको पर्यटन विकासका लागि गुरुयोजना बनाउने, कर्णाली पर्यटन प्राधिकरण स्थापना गर्ने, नाग्मदेखि रारासम्मको सडक फराकिलो र कालोपत्रे बनाउने, छिमेकी चीनसँग जोडिएका कर्णाली प्रदेशका तीन नाका नाक्चे लाग्ना, मारिल्ला र हिल्सा औपचारिक रुपमा खोल्नेलगायत निर्णय गरेको छ । 
बैठकले आर्थिक वर्ष २०७५÷७६ मा हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने, नाक्चे लाग्ना र मारिल्ला नाकालाई राष्ट्रिय गौरवका योजनाका रुपमा विकास गर्न पहल गर्ने, प्रदेश राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने, मध्यपश्चिम विश्वविद्यालयलाई कर्णाली प्रदेशको मातहतमा ल्याउन पहल गर्ने, कर्णाली एकीकृत बस्ती विकास र शहरी करण गर्न पहल गर्ने निर्णय पनि भएको थियो । 

कर्णाली रारा पर्यटन वर्ष वर्षको शुभारम्भ गर्न प्रधानमन्त्रीलगायत प्रदेश सरकारका मन्त्रीहरु रारामा आउनुभएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप