नाटक ‘जिउँदो आकाश’ मञ्चनको तयारी पूरा
राजाराम पौडेल
कास्की– शनिबारबाट पोखरामा मञ्चन हुने नाटक ‘जिउँदो आकाश’ मञ्चनको सम्पुर्ण तयारी पूरा भएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीका अनुसार वर्ष २०७५ मा लगातार नाटक मञ्चन गर्ने योजना अनुसार यो नाटक मञ्चन गरिन लागेको हो ।
पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक डाँफे थिएटरको प्रस्तुतीमा मञ्चन गर्न लागिएको हो ।बैशाख १५ गतेसम्म हरेक दिन हुने पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नयाँ दर्शकको आर्कषण रुपमा नाटकघरलाई स्थापित गर्ने तयारी थिएटरले गरेको कार्कीले जनाए ।
आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् । एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ ।
तेस्रो लिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् । झण्डै एकघण्टा लामो नाटकमा अनिलले तेस्रो लिंगीको बालापनदेखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् । हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ ।
बैशाख १ शनिबारको पहिलो सो दिउँसो १ बजे प्रिमियर सो हुनेछ । पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थितीमा हुने यो सो पश्चात नाटकको बारेमा पत्रकारसँग कलाकार एवं थिएटर सञ्चालकको साक्षात्कार हुनेछ । पहिलो दिनको दोस्रो सो साँझ ५ बजे हुनेछ । यो नाटकको मञ्चन पश्चात पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुरा मञ्चन गरिनेछ । जसको लागि रिर्हसल सुरु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा