बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांस्कृृतिक विकासका लागि प्रतिबद्ध छौंः प्रदेश प्रमुख कायस्थ

बिहीबार, २९ चैत २०७४, १९ : ५८
बिहीबार, २९ चैत २०७४

रामभरोसी यादव 
सिरहा– प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशमा पर्ने जिल्लाहरुको धार्मिक, पुरातात्विक स्थलहरुको पहिचान र विकास गरी सांस्कृतिक प्रदेशको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रामभरोस कापडि ‘भ्रमर’ द्वारा लिखित ‘नेपालीय जनभूमिक जननायक मिथिलाक सपूत: राजा सलहेस’ पुस्तकको बिहीबार सिरहाको लहानमा विमोचन गर्दै प्रदेश प्रमुख कायस्थले सांस्कृृतिक धरोहरको प्रदेशको रुपमा चिनाउन जनस्तरबाट पनि सहयोगको लागि आग्रह गरे ।  

‘त्यसका लागि प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको धार्मिक स्थलहरुको विकास, सौन्दर्यीकरण गर्ने योजना बनाएको छ’ उनले भने ‘स्थानीय लोकनाच, लोकबाजा, लोकरीति संस्कृति तथा परम्परा संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

लोकनायक सलहेसको जन्भूमिको रुपमा रहेको सिरहाको फूलबारी, महिसोथा, माणिक दह, कमल दह जस्ता ठाउँहरुमा थप खोज र पुरातात्विक अन्वेषणपछि प्रामाणिक इतिहास लेख्न सकिने भएकाले जस्तरबाट पनि त्यसका लागि आवश्यकता अनुसार सहयोग गर्नु पर्ने प्रदेश प्रमुख कायस्थले आग्रह गरे । 

प्रदेश प्रमुख कायस्थसहित लेखक भ्रमर, संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २ संसदीय दलका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव, सलहेस पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मागैन कामैतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । पुस्तक विमोचन समारोहमा छिमेकी मुलुक भारत विहारका संस्कृतिविद् तथा प्राज्ञिक व्यक्तित्वहरु डा. बुचरु पासवान, डा. महेन्द्रनारायण राम, चन्द्रेश लगायतले सहलेसको व्यक्तित्वको विभिन्न पक्षको विषयमा चर्चा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप