मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु
काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुङ खण्डको ७.५ किलोमिटर ब्रेक थ्रु भएको छ । बिहीबार सुरुङमार्गभित्रै पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगरले सो सुरुङ खण्डको उद्घाटन गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धु–ग्याल्थुम खण्डको ब्रेक थु्र भएसँगै मेलम्चीदेखि काठमाडौसम्मको सुरुङमार्ग पूरा भएको छ । सुरुङमार्गको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यो सम्पूर्ण नेपालीहरुका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यो आयोजनाबाट अन्य आयोजना सम्पन्न गर्ने प्रेरणा मिलेको बताए ।

त्यस्तै, खानेपानी मन्त्री विना मगरले यो ऐतिहासिक क्षण भएको बताउँदै काठमाडौंवासीको वर्षौदेखिको खानेपानीको सपना पूरा भएको स्पष्ट पारिन् । कार्यक्रममा मेलम्चीका उपनिर्देशक भोजविक्रम थापाले अबको तीन महिनापछि काठमाण्डौवासीका लागि मेलम्चीको खानेपानी पुग्ने दाबी गरे । उनले यसका लागि केही सुरुङका केही प्राविधिक काम भने बाँकी रहेको बताए ।
२६ किलोमिटर दूरीमा रहेको सिन्धु–ग्याल्थुङ सुरुङ मार्ग निर्माणका लागि एडिबीको ८० प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको २० प्रशितत लगानी रहेको छ । यो सुरुङबाट दैनिक १७ करोड लिटर पानी बग्छ । यसको निर्माणका लागि २ सय ८७.४ मिलियन डलर, नेपाली २७ अर्ब ७६ करोड लागत लागेको बताइएको छ ।

अहिले भने हेडवर्कको भेणसाप तथा सुरुङको फाइनल फिनिसिङ गर्ने काम भएको कम्पनीले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव कृष्णराज विसी, मेलम्ची खानेपानी विकासका कार्यकारी निर्देक रामचन्द्र देवकोटा, एबिडीका प्रतिनिधि र निर्माण कम्पनी सिएमसीका प्रतिनिधि लगायत उपस्थित रहेका थिए । उद्घाटन कार्यक्रममा नेपाल र इटलीको झण्डा फहराइएको थियो निर्माण कम्पनी सिएमसी इटालियन कम्पनी भएकोले नेपालको झण्डासँगै इटलीको झण्डा राखिएको आयोजक पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण