शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सात नम्बर प्रदेशकै सबैभन्दा ठूलो चिस्यान केन्द्र उद्घाटन

बुधबार, २८ चैत २०७४, २० : ०६
बुधबार, २८ चैत २०७४

दिपेन्द्र भट्ट
कैलाली– आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कैलालीको पहलमानपुरमा प्रदेशकै सबैभन्दा ठूलो ३ हजार मेट्टि«क टन क्षमता रहेको चिस्यान भण्डार को शिलान्यास गरेका छन् ।  शिलन्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री बोहराले निजी क्षेत्रबाट  सुरु हुन लागेको  यो चिस्यान भण्डार ले प्रदेश सरकारको कृषि मा आत्मनिर्भर र प्रदेश समृद्धि को यात्रालाई ठूलो योगदान पुर्याउने  बताए ।

मन्त्री बोहराले कैलाली र कञ्चनपुर खाद्यान्न र तरकारी का लागि उर्वर भएता पनि किसानहरूले उत्पादन गरेका खाद्यान्न समयमै बिक्री नहुने सड्ने र कुइने झन्झट अब चिस्यान भण्डारले अन्त्य गर्नेमा आफु विश्वस्त रहेको बताए । 

सुप मोहन्याल कृषि तथा पशुपालन प्रा.लिले सञ्चालनमा ल्याउन लागेको चिस्यान भण्डार ११ करोड ७६ लाख १९ हजार ७ सय ७७ रुपैया को लगानीमा निर्माण हुँदैछ । २ करोड ९९ लाख ८९ हजार ३ सय तिरहत्तर रिज्म एफ पी को अनुदान र ८ करोड छहत्तर लाख ३० हजार ४ सय ३ रुपैया मा लगानी रहनेछ ।

७ नम्बर प्रदेश मा सुसन्दीप कोल्ड स्टोर २ हार मेट्टिक टन र डडेल्धुरा को उग्रतार शीत भण्डार १ हजार मेट्टिक टन पछिको यो निजी क्षेत्रको ३ हवार क्षमता रहेको ठूलो चिस्यान भण्डार हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप