मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा नीति तथा कार्यक्रम प्रस्तुत

बुधबार, २८ चैत २०७४, १९ : ४८
बुधबार, २८ चैत २०७४

बर्दिवास– प्रदेश नंं २ को सरकारले यस वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नंं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रदेश सभाको वैठकमा प्रस्तुत गरेका हुन ।

उनले प्रदेशको विकासका लागि कृषि, उद्योग पर्यटनको विकासमा विषेश जोड दिदै प्रदेशमा चालु अवस्थामा नरहेको वीरगञ्ज चिनि कारखाना, कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग  छलफल  र सहकार्य गरेर सञ्चालन गर्ने नीति ल्याइने बताए ।

उनका अनुसार प्रदेश सरकारले कृषिमा आधारित उद्योगको स्थापना, सिञ्चाईका लागि सुनकोशी कमला डाइभर्सन र वागमती तथा नारायणी नदीको प्रयोग धार्मिक तीर्थस्थलहरुको विकास, घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवाहरुलाई सहुलियत दरमा वैंकवाट ऋण प्रवाह, प्रदेशमै रोजगारीको अवसर  आन्तरिक तथा वाह्य पर्यटनमा बिशेश जोड लगायतका योजना प्रदेश सरकारको नीति तथा कार्यक्रममा रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप