शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३२४ स्थानीय तहको मतगणना सकियो, अव १० तह कहाँ कहाँ वाँकी ?

शुक्रबार, २३ असार २०७४, १० : ५५
शुक्रबार, २३ असार २०७४

 
काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार बिहान १०ः०० बजेसम्म ३२४  स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ ।

हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । 

मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ । यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ । 

प्रदेश ५ को रुपन्देही जिल्लाको कोटहिमाइ गाउँपालिकाको मतगणना जारी रहेको छ । 

यस्तै, प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप