शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीसँग फिरौती माग्ने प्रहरी फन्दामा

बुधबार, २८ चैत २०७४, ०९ : ३५
बुधबार, २८ चैत २०७४

कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज लगाएतका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती आतंक मच्चाउने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान छन् । कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका स्थानीय व्यापारी अरुण कशौधन, राजेन्द्र गुप्ता लगाएतलाई एसएमएसमार्फत पाँच देखी दश लाख सम्म चन्दा मागेर आतंक मच्चाउँदै आएका मुसलमानलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनले मोबाईलबाट व्यापारीलाई एसएमएस पठाउँदै रकम माग्ने र नदिएमा अपहरण वा मार्ने सम्मको धम्की दिँदै आएको व्यापारीहरुले बताएका छन् । 

व्यापारीलाई धम्की दिई फिरौती मागेर हैरान गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सलिमलाई यसै हप्ता प्रकाउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले रातोपाटीलाई जानकारी दिए ।

अभियुक्तलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप