शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकारकोे सुरक्षा गर्ने काम राज्यको होः कानूनमन्त्री शाह

मङ्गलबार, २७ चैत २०७४, १७ : ०५
मङ्गलबार, २७ चैत २०७४

करन ताम्राकार 
डडेल्धुरा– प्रदेश नम्बर ७ का आन्तिरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले  पत्रकारकोे सुरक्षा ग्यारेण्टी राज्यको दायित्व भएकाले सुरक्षामा कुनै कमी नहुने बताएका छन् । प्रेस काउन्सिल नेपाले प्रदेश नं.७ का ९ ओटै जिल्लाका कृयाशील पत्रकारहरुसँग डडेल्धुरामा गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै उनले राज्यलाई निरन्तर खबरदारी गर्ने जिम्मा पत्रकार तथा आमसञ्चार माध्यामको भएकाले मिडियानै निश्क्रिय भए लोकतन्त्र धरापमा पर्ने उनले बताए । 

राज्यको पारर्देशिता लगायतका विषय तथा जनताको हितकालागि प्रेस जगतको महत्वपूर्ण भूकिाका रहेकोले पत्रकारले आफ्नो कार्यसम्पादनको समयमा कुनैपनि किसमको असुरक्षा महसुश भए राज्य सुरक्षको प्रतिभुती गर्ने प्रदेश सरकारले कुनै कनजुसाई नहुने बताएका हुन । 

सञ्चार तथा गृहमन्त्री समेत रहेका मन्त्री शाहले पत्रकारकले पनि आफ्नो आचारसंहियतामा पालना गर्नु पर्ने बताए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले नेपालको राज्य  पुनःसंरचनासंगै नेपालका मिडियाहरुलाई तीन तहमा विभाजन गरि संचालन गर्ने रणनीतीमा नेपाल पत्रकार महासंघ कार्ययोजना बनाउने रणनीतिमा लागिरहेको बताए । 

महासचिव बिष्टले भने मिडियामा काम गरिहेको मिडियाकर्मीहरुले  पारिश्रमिक  नपाएको उजुरुरीका धैरै आउने गरेकाले पत्रकार महासंघले न्यूनतम पारश्रमीको अधारमा तय गरेर सरकारलाई बुझाई सकेकाले अब चाँडै प्रदेश सरकाले पनि पत्रकारको न्यूनतम पारश्रमीकका लगि पहल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप