शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी गोलो छ भन्ने विश्वास छैन २५ वर्ष मुनीका तीन मध्ये एक अमेरिकीलाई

मङ्गलबार, २७ चैत २०७४, १६ : ०५
मङ्गलबार, २७ चैत २०७४

धेरै वैज्ञानिकहरुलाई निराश बनाउन सक्छ, तर २५ वर्ष मुनिका तीनमा एक जना अमेरिकीहरुले पृथ्वी गोलो छ भन्ने विश्वास गर्दैनन् ।

यो तथ्य भर्खरै युगोभले गरेको अध्ययनले निकालेको निष्कर्ष हो । यसमा १८ देखि २४ वर्षका ६६% अमेरिकीले मात्र पृथ्वी  गोलो भएको विश्वास गर्ने गरेको देखियो ।

यो अध्ययनले पृथ्वी चेप्टो छ भन्ने विश्वास उमेर बढेसँगै घट्ने देखाएको छ । ५५ वर्ष र त्यो भन्दा माथिका ९४%ले यो सिद्धान्तमा विश्वास गरेको देखियो । 
साथै अन्य सूचनाहरुमा ८६% पुरुषले पृथ्वी गोलो भएको विश्वास गर्दा ८३% महिलाले यसमा विश्वास गरेको देखियो ।

अध्ययनमा सहभागीहरुको आयले पनि तिनको पृथ्वीको आकारबारेको विश्वासमा नाटकीय असर पारेको देखियो । ४०,००० डलर भन्दा कम आय गर्नेहरुमा ७९ %ले आफूले सधै पृथ्वी गोलो भएको विश्वास गरेको बताए । ८०,००० डलर भन्दा बढी कमाउनेहरुमा भने ९२ %ले यसमा विश्वास गर्ने देखियो ।

अन्तिममा धार्मिक विश्वासले पनि पृथ्वीको आकारबारे मानिसको धारणा बनाउन भुमिका खेल्ने देखियो । पृथ्वी चेप्टो छ भनेर विश्वास गर्ने ५०% ले आफू ‘कट्टर धार्मिक’ रहेको बताए भने १७%ले आफू ‘कुनै हिसाबले धार्मिक नभएको’ बताए ।

परिणामबारे ब्लग लेख्दै युगोभले भनेको छ “पृथ्वी चेप्टो छ भनेर विश्वास गर्ने केहीले पृथ्वीको आकारको प्रमाण धर्मग्रन्थमा पाउने गर्छन् । आधाभन्दा बढी पृथ्वी चेप्टो भन्नेहरुले आफू ‘कट्टर धार्मिक’ भएको बताए । जबकी समग्रमा ८४ % अमेरिकीहरुले आफूले पृथ्वी गोलो हुने बताए । तर कम्तीमा ५ %ले भने पहिले आफूले पृथ्वी गोलो हुने माने पनि हाल यसमा शंका लाग्न थालको बताएका थिए ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप