शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी दूतावासद्वारा २५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

मङ्गलबार, २७ चैत २०७४, १३ : ०६
मङ्गलबार, २७ चैत २०७४

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका २५० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

राजधानीस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रमबीच उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

शिक्षा मन्त्रालयका सचिव खड्ग प्रसाद बराल तथा पाकिस्तानी राजदूत डा. मजहर जाभेदले विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेका थिए ।

दूतावासले प्रत्येक विद्यार्थीलाई रु १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

हेर्नुहोस् कार्यक्रमका केही तस्विरहरु :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप