शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाको हातबाट ‘पुरुष’ सार्वजनिक

सोमबार, २६ चैत २०७४, ०९ : १८
सोमबार, २६ चैत २०७४

काठमाडौं – सञ्चारकर्मी सरिता अर्यालको ‘पुरुष’ नामक कथासंग्रह सार्वजनिक भएको छ ।  सांसद पम्फा भुसाल, राष्ट्रिय सूचना आयोग आयुक्त यशोदा तिम्सिना, गुञ्जन अध्यक्ष हिरण्यकुमारी पाठक, कवि कुन्ता शर्मालगायत सात महिलाको हातबाट सामाजिक अभियन्ता एवम् लेखक अर्यालकृत कथासंग्रह ‘पुरुष’ विमोचन गरिएको थियो ।

राष्ट्रिय सूचना आयोग आयुक्त तिम्सिनाले पुरुषमा कथाकारले आफ्नै वरिपरि आफैंले देखेका पात्रका कथालाई सिलसिलाबद्ध पस्केकी बताइन् । समाजमा घटित घटना यथार्थ रूपमा उतार्न कथाकार सफल भएको उनको भनाइ छ । 

समीक्षक महेश पौड्यालले पुरुष कथासंग्रहका कथामा महिला पुरुषबीचमा हुने प्रेम, विछोड, पुरुषद्वारा प्रताडित महिलाको कथा समेटिएको बताए । सञ्चारिका समूह सल्लाहकारसमेत रहेकी कथाकार अर्यालले यौन मनोविश्लेषणात्मक एवम् यथार्थपरक घटना पुरुषमा प्रस्तुत गरिएको सुनाइन् । ‘पुरुषको विरोधका लागि पुस्तकको नाम पुरुष राखिएको होइन,’ उनले थपिन्, ‘सबै कथाका केन्द्रबिन्दुमा पुरूष भएकाले यो कथासंग्रहको नाम पुरुष राखिएको हो ।’ 

१६ उपशीर्षकमा लेखिएको कथासंग्रह पुरुष बिक्रीबाट संकलित रुपैयाँबाट अक्षयकोष स्थापना गरी साहित्यिक पत्रकारलाई पुरस्कृत गर्ने कथाकार सरिता अर्यालले प्रतिबद्धता जनाइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप