बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छोटो सयममा यसरी भयो कर्णाली प्रदेशको चर्चा

आइतबार, २५ चैत २०७४, १६ : ४२
आइतबार, २५ चैत २०७४

सुर्खेत–नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेश चर्चामा आउन थालेको छ । 
अन्य प्रदेशको तुलनामा छुट्टै पहिचान भएको कर्णाली, प्रदेश सरकार गठन भएपछि चर्चामा आउन थालेको हो ।
पछिल्लो समय सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने विषयले यो प्रदेशले थप चर्चा पाएको हो ।
अन्य प्रदेशको तुलनामा अशिक्षित, गरीवी र पछाडि पारिएको कर्णालीले चर्चा पाएसँगै प्रदेशको स्वरुप बदलिने अपेक्षा स्थानीयले गरेका छन् ।
प्रदेश सरकार गठन भए लगतै कर्णालीका सांसद र प्रदेश सरकारले एकतावद्ध भएर प्रदेश हाँक्ने अठोट गरेका थिए ।  रोग, भोक र शोकले पिल्सिएको कर्णालीलाई विकास र समृद्धिले कायापलट गराउने सांसद र प्रदेश सरकारको अठोट छ । 
चर्चाका श्रृङ्खलाहरु 
–प्रदेश सरकार गठन भएलगत्तै कर्णालीमा कामले गति लिन थाल्यो । अन्य प्रदेशको तुलनामा यो प्रदेशका सांसद र सरकार एकजुट भएर विकसमा लागे । सातमध्ये सुरुमै कर्णालीले प्रदेशले आफ्नो नामाकरण र राजधानी तोक्न सफल भएपछि यसको चर्चा चुलियो । अन्य प्रदेशले अझैसम्म प्रदेशको नामाकरण र राजधानी तोक्न सकेका छैनन् । कर्णाली प्रदेश संघीय राजधानी काठमाडौँसँग सिधा हवाई सेवा जोडिनथाल्यो ।
–यो प्रदेशको प्रदेशसभाले नियमावली र आर्थिक कार्यविधि २०७४ फास्ट ट्रयाक प्रक्रियाबाट सर्वसम्मत पारित गर्यो ।
–राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुगेका सांसद र मन्त्रीले संघीय राजधानीमा समेत खाली बस्न चाहेनन् । उनीहरुले यो मौका छोपेर काठमाडौमा कर्णालीको समृद्धिका लागि गुरुयोजना निर्माण गर्न विज्ञहरुसँग छलफल चलाए । 
–त्यसैगरी, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय राजधानीबाटै कार्यालय समयमा फेसबुक बन्द गर्ने उद्घोष गरे । यो उनका लागि उद्घोष मात्र हैन, कर्णालीका प्रदेश सरकारको कार्यालयमा समेत फेसबुक प्रतिवन्ध गरी यसको सुरुवात गरे । 
–    यहि प्रदेशमा हुने कर्णाली–रारा पर्यटन वर्ष २०७५ले देशभर चर्चा पायो । पर्यटक भित्त्र्याउँने उद्देश्यले यो वर्ष प्रचार प्रसारका लागि पर्यटन वर्ष मनाउने पहिलो मन्त्रीपरिष्द बैठकले निर्णय ग¥यो । सोही बमोजिम अहिले मुख्यमन्त्री संघीय राजधानीमा शीर्ष तहका नेताहरुलाई निम्तो बाड्दै छन् ।
–कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । त्यतिमात्र होइन, राराबाटै प्रधानमन्त्रीले बैशाख १ गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएपछि कर्णालीप्रति धेरैको चासो बढ्न थालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप