शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापा शिवसताक्षीमा एमाले विजयी

बिहीबार, २२ असार २०७४, २१ : १९
बिहीबार, २२ असार २०७४

बनियानी (झापा) – झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।  प्रमुखमा चन्द्रकुमार शेर्मा लिम्बूले १४ हजार ६८४ मत प्राप्त गरी विजयी भएको छ भने, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले नौ हजार ८५६ मत प्राप्त गरेको हो । 

त्यस्तै, उपप्रमुखमा भोजकुमारी नेपालले १४ हजार ९६० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनकी निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी जयकुमारी चेम्जोङले नौ हजार ३२४ मत प्राप्त गरेको छ । 

योसँगै एमाले विर्तामोड, कनकाई र भद्रपुर नगरपालिका तथा कमल गाउँपालिकामा विजयी भएका छन् । अर्जुनधारा र दमक नगरपालिकामा पनि एमालेको अग्रता छ । 

झापाको गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी भएका छन् भने हल्दीबारी, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी भएका छन् । काँग्रेसले मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा अग्रता लिएको छ । 
जिल्लाको १५ स्थानीय तहमध्ये अब मेचीनगर, दमक, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप