शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छायाछवि काव्य श्रृंखलामा गुन्जिए प्रकाश र अमृता

आइतबार, २५ चैत २०७४, १२ : ११
आइतबार, २५ चैत २०७४

काठमाडौं – छायाछवि क्रियशनले ‘छायाछवि काव्य श्रृंखला’को छैठौं श्रृखला शनिबार पुरा गरेको छ । बागबजार स्थित सिटिम्याक्समा हलमा आयोजित श्रृखलामा साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडा समेत सहभागी थिए ।
श्रृंखलाका अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेको कार्यक्रममा संयोजक रश्मि रोदनले स्वागत मन्तब्य राखेकी थिइन् । 
यस पटकको श्रृखला धादीङ बिशेष रहेको थियो । कार्यक्रमकी संयोजक रश्मि रोदन धादीङकै थिइन् भने कार्यक्रमका बिशिष्ट अतिथिद्वय नवराज लम्साल तथा शोभिता सिंखडा एवं काब्य वाचनकर्ताद्वय यात्री प्रकाश पाण्डे तथा अमृता स्मृति सबै धादिङकै थिए ।
कार्यक्रमको यस श्रृंखलामा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरे । कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । कार्यक्रममा सिंखडाले आफूले पनि उपन्यास वराङ्गना लिएर आउन लागेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप