बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ रङ्गेलीमा माओवादी केन्द्र विजयी

बिहीबार, २२ असार २०७४, १९ : २१
बिहीबार, २२ असार २०७४

विराटनगर – मोरङको रङ्गेली नगरपालिका प्रमुखमा नेकपा(माओवादी केन्द्र)का दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले छ हजार १८६ मत प्राप्त गरेको छ । 

उपप्रमुखमा विवाद 

उपप्रमुख पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए । 

सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको पाँच हजार ७२० र नेपाली काँगे्रसकी राधादेवी मण्डलको पाँच हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । काँग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नंं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप