शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका एके दिन ४ नयाँ शाखा स्थापना

शुक्रबार, ०५ जेठ २०७४, १२ : २८
शुक्रबार, ०५ जेठ २०७४

एनआईसी एशिया बैंकले विभिन्न ४ स्थानमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बिहीबार एकै दिन ती शाखा स्थापना गरेको हो । 
स्थापना भएका शाखा मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले गरेका छन् । यस्तै, नयाँपुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङ, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा गरेका छन् । यस्तै, रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरेको बैंकले जनाएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप