जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन
हाइकुको उद्गम थलो जापानको टोक्योमा एक भव्य समारोहको बीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फूल हेर्ने पर्व) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको विमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरूको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरूले साकुरा फूलको मजा लिनुको साथै साहित्यिक खुराकहरू पनि प्रस्तुत गरेका थिए ।
नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउँमा गत साल झन्डै ४ दर्जन हाइकु कविहरूले स्थलगत रूपमा लेखेका हाइकुहरू समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । प्रा रामकुमार पाडे र प्रकाश पौडेल माइलाको हाइकुको बारेमा लेखिएको खोजमूलक सैद्धान्तिक कार्यपत्र पनि समावेश छ ।
अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सङ्कलनको सम्पादक हाइकुकवि प्रकाश पौडेल ‘माइला’ हुन । विगत १३ वर्षदेखि जापानमै रही हाइकुको क्षेत्रमा कलम चलाइरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितिका उपाध्यक्षसमेत हुन् ।
अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्न विमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रूखलाई मानिएको थियो ।
समारोहमा प्रकाश पौडेल माइला, जिज्ञानकुमार थापा, शालिकराम भन्डारी, पिताम्बर पदमपानी, पुस्करजङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुवेदी, पदम ठगुन्ना, हरि सापकोटा, अरुण पौडेल, सूर्य खड्का, धिषण निरौला, सरीता ढकाल, मुक्ति सुवेदी गिरिजा गैरे, सुमित गिरी, सविना रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चलान रविन शर्मा र सङ्गीता कुँवरले गर्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का