शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुखको दुखेसो : कार्यालयमा सचिव नहुनु नै दुर्भाग्य !

शुक्रबार, २३ चैत २०७४, १६ : ५९
शुक्रबार, २३ चैत २०७४

पूर्णबहादुर खड्का
 

सुर्खेत– कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले कार्यालयमा ३ महिनासम्म पनि सचिव लगाएतका कर्मचारी नआउनु दुर्भाग्य भएको बताएका छन् । 

प्रदेश हाँक्ने कार्यालयमै सचिव विहिन हुँदा प्रदेशको काममा अवरोध भएको उनको भनाई छ ।

‘प्रदेश प्रमुखको कार्यालयमै सचिव नआउनु दुर्भाग्य हो’ उनले भने,‘तीन महिना वितिसक्दा समेत कर्मचारी आएनन्, अव कसरी काम गर्ने ?’ 

प्रदेशकै ठुलो कार्यालय हुँदा समेत संघीय सरकारले ध्यान दिन नसकेको उनको गुनासो छ । उनले कर्मचारीको व्यवस्थापन तत्काल टुङ्ग्याउन पनि संघीय सरकारलाई आग्रह गरे ।

एकातिर स्पष्ट कार्यप्रणाली नहुँदा काममा अल्मलिएको र त्यसमाथि खटाईएका कर्मचारी समेत नआउँदा समस्या भएको उनले बताए । 

नेपाली जनताको महत्वआकांक्षी भविष्य बोकेर जिम्मेवारी लिएको भन्दै उनले कर्मचारी र स्पष्ट कार्यप्रणाली नहुँदा केही काम अघि नबढेको जनाए । 

प्रदेश प्रमुखको कार्यालयमा अझै सचिव लगाएतका कर्मचारी उपस्थित भएका छैनन् । कार्यालयमा आएका सचिव भरत ढुङ्गाना करिव एक हप्ता बसेर रिटार्यड भएपछि अहिलेसम्म को आउने भन्ने टुङगो लागेको छैन ।

प्रदेश प्रमुखको कार्यालय स्थापना भएको करिव तीन महिना वितिसक्दा समेत कार्यालयमा सचिव, सहसचिव र उपसचिव अनुपस्थित भएका हुन् । 

कार्यालयमा १३ जना कर्मचारीको दरबन्दी छ तर,६ जना कर्मचारीमात्र हाजिर भएका छन् । जसमा अधिकृत एक जना, कम्प्युटर अपरेटर १, सुव्वा १, कार्यालय सहयोगी २ जना उपस्थित भएका छन् । 

एक जना लेखा अधिकृतले २ ठाउँमा काम गर्दै आएका छन् । उनले प्रदेश प्रमुखको कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयमा काम गर्ने गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप