बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फेयरमार्फत युनिभर्सिटी तथा कलेजका प्रतिनिधिद्वारा फस्टहेन्ड सूचना दिलाउँछौं

शुक्रबार, २३ चैत २०७४, १३ : १७
शुक्रबार, २३ चैत २०७४

खेम संग्रौला, निर्देशक
एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज, पुतलीसडक, काठमाडौं

डेढ दशकदेखि अस्ट्रेलिया अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा भिसा प्रक्रियाको सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले यही चैत २२ गतेदेखि २६ गतेसम्म देशका प्रमुख सहरहरूमा अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गरिरहेको छ । २२ गते बिहीबार इटहरीबाट सुरु भएको यस फेयर २३ गते विर्तामोड, २४ गते काठमाडौं, २५ गते पोखरा र २६ गते चितवनमा हुनेछ । यस पटकको फेयर एक्स्पर्ट एजुकेसनकै कार्यालयमा हुनेछ । यस फेयरका सन्दर्भमा केन्द्रित रहेर एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजका निर्देशक खेम संग्रौलासँग गरिएको कुराकानीको सम्पादित अंश : 

अस्ट्रेलियन एजुकेसन फेयर आयोजनाको मुख्य उद्देश्य के हो ?
    अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका उच्च पदस्त अधिकारीहरूबाट एउटै छानामुनि छोटो समयमा धेरैभन्दा धेरै जानकारी तथा परामर्श प्रदान गर्नु नै यस फेयरको मुख्य उद्देश्य हो । हामीले वर्षमा ४–५ वटा यस्ता फेयरहरू आयोजना गर्दैआइरहेका छौं । जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै आएको छ । फेयर मार्फत विद्यार्थीहरूले आवश्यकता अनुसारको परामर्श प्राप्त गरिरहेको हाम्रो विश्वास हो । अहिले सञ्चालन हुन गइरहेको फेयर जुलाई इन्टेकका लागि अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरूमा बढी केन्द्रित छ । जुलाई इन्टेकमा अस्ट्रेलिया जानका लागि अहिलेदेखि नै विविध पूर्वतयारी गर्नुपर्छ । फेयरले विद्यार्थीहरूलाई आवश्यक सूचना उपलब्ध गराउँछ । जसमार्फत विद्यार्थीहरूमा विश्वविद्यालय र कलेजहरूको छनौटबारे ज्ञान हुनु सँगसँगै उनीहरू पूर्वतयारीको अभ्यासमा जुट्छन् । 

पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी  एजुकेसन सेमिनार दैनिकजसो भइरहेको देखिन्छ । यसरी सेमिनारहरू बढ्नुमा कन्सलटेन्सीहरू बीचको प्रतिस्पर्धा हो या आवश्यकता ?
यस प्रकारका सेमिनारमा सम्बन्धित देशका विभिन्न कलेज तथा युनिभर्सिटीका उच्च तहका प्रतिनिधिहरूबाट प्रत्यक्ष परामर्श तथा जानकारी पाउन सकिने भएकाले यो अहिलेको आवश्यकता हो । समयसापेक्ष सही सूचना पाउनु विद्यार्थी तथा अभिभावकको अधिकार हो भने तथ्यपरक जानकारी, उचित परामर्श र गुणस्तरीय सेवा प्रदान गर्नु हामी कन्सलटेन्सीहरूको दायित्व हो । यस प्रकारका फेयरमा विद्यार्थीहरूको पनि क्रेज बढेको छ ।

एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले दैनिक रूपमै परामर्श प्रदान गरि नै रहेको अवस्थामा, आसन्न फेयरबाट थप के कुरा दिन खोज्नुभएको हो ?
वास्तवमा सेमिनार– गोष्ठी भन्ने कुरा विद्यार्थी तथा अभिभावकहरूलाई सुसुचित गराउने कुरा हो । विद्यार्थीहरूले जानुभन्दा अगाडि मेरो हैसियत के हो ? म कुन कलेमा जान सक्छु या सक्दिनँ ? अस्ट्रेलिया गएपछि मेरो भविष्य कस्तो छ ? र फर्केर आएपछि आफ्नो करिअरलाई कसरी सुनिश्चित गर्नसक्छु ? भन्ने कुरालाई मार्गदर्शन गर्नेगरी यो सेमिनारको आयोजना गर्न लागिएको हो । यसबाट विद्यार्थीहरूले अधिकतम रूपमा फाइदा लिन सक्दछन् । विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक हैसियत अनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु यसको मुख्य उद्देश्य हो । ताकि कुनै पनि विद्यार्थीलाई पछि गएर कुनै प्रकारको अन्यौल नहोस् भन्ने हो ।  

सेमिनारमा कतिवटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूको सहभागिता रहन्छ ? 
    अहिले हामीले गर्न लागेको सेमिनारमा १० वटा अस्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरूले सहभागिता जनाउँदैछन् । उहाँहरूले डिप्लोमादेखि मास्टर्स लेबलसम्म अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि सूचना तथा जानकारी प्रदान गर्नुहुन्छ । परामर्शमा विगत २२ वर्षदेखि अस्ट्रेलियामै बस्दै आउनुभएका एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजका निर्देशक बदी अर्याल लगायतका टिमसमेत रहने छ । उहाँहरूले अस्ट्रेलियामै दुई दशकभन्दा बढी काम गरेर बस्दाको अनुभव, आफू विद्यार्थी भएर जाँदाका समस्या, अहिलेको अवस्थाबारे विद्यार्थीलाई जानकारी गराइनेछ । 

अस्ट्रेलियालाई मात्रै केन्द्रित गरेर सेवा प्रदान गरिरहनुभएको छ । अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा समय समयमा नीति नियमहरू परिवर्तन भइरहेको सुनिन्छ । त्यस प्रकारका सूचना तथा जानकारीहरू सम्बन्धित विद्यार्थीमा कसरी पु¥याउने गर्नुभएको छ ? 
    अस्ट्रेलियाको शैक्षिक नीति नियमहरू प्रायः परिवर्तन भइरहेका हुन्छन् । ती कुरामा त हामी अपडेट हुन्छौं नै । हाम्रो मुख्य कार्यालय नै अस्ट्रेलियामा छ । कुनै पनि कुरा परिवर्तन हुने वित्तिकै त्यो हामीले जानकारी पाउछौं र भेटेर, फोनमा, इमेलमार्फत, सामाजिक सञ्जालबाट वा यस्तै सेमिनारहरूको आयोजना गरेर विद्यार्थीमा यस प्रकारका सूचना तथा जानकारी पु¥याउने गर्छौं । यस प्रकारका सेमिनारमा त झनै विस्तृत रूपमा हामीले होस् वा अस्ट्रेलियन युनिभर्सिटिका प्रतिनिधिहरूले जानकारी गराउनुहुन्छ । 

शैक्षिक परामर्शदाता संस्थाको भीड निकै बढेको छ । सही र विश्वासनीय सूचना, परामर्श  तथा भरपर्दो सेवाका लागि एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज कसरी उपयुक्त विकल्प बन्नसक्छ ? 
    शैक्षिक परामर्शको नाममा खुलेका धेरैजसो कन्सल्टेन्सीहरूमा रिसर्चको अभाव देखिन्छ । तर हाम्रो अनुभव र विशेषज्ञता नै रिसर्चमा हो । त्यसैले अरूमा जस्तो अन्यौलमा पर्नुपर्ने अवस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजमा छैन । गत वर्षको तथ्याङ्क हेर्दा अस्ट्रेलियामा १३ हजार विद्यार्थी अध्ययनका लागि गएका थिए । जसको १० प्रतिशतभन्दा बढी विद्यार्थीहरू एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजबाटै गएका छन् । यहाँबाट अप्लाई गरिएका मध्ये ९९ प्रतिशत विद्यार्थीहरूको भिजा लाग्ने गरेको छ । यिनै तथ्याङ्कहरूबाट पनि एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको गुणस्तरीयतालाई बुझ्न सकिन्छ । अहिलेसम्म एक्स्पर्ट मार्फत ३० हजार विद्यार्थीले सेवा लिइसकेका छन् । उनीहरू सबै आआफ्नो क्षेत्रमा सफल र खुशी छन् । उनीहरूको खुशी र सफलता नै हाम्रो रिवार्ड हो । 

आसन्न सेमिनारमा कस्तो सहभागिताको अपेक्षा गर्नुभएको छ ? इच्छुक विद्यार्थी तथा अभिभावकहरू कसरी सेमिनारमा सहभागी हुन सक्छन् ? 
    यो सेमिनार प्लसटु सकेकादेखि ब्याचलर वा मास्टर्स सकेर पीएचडी गर्न जान चाहनेसम्मका विद्यार्थीहरूलाई लक्षित गरेर गरिएको हो । जुनै लेभलका विद्यार्थीहरू पनि यसमा सहभागी हुन सकिन्छ । यो सेमिनार निःशुल्क हो । 

अन्त्यमा, सेमिनारका सम्बन्धमा लक्षित विद्यार्थी तथा अभिभावकहरूलाई केही भन्न चाहनुहुन्छ ?
    विद्यार्थीहरूले कुनै पनि कुरामा जस्तैः म अस्ट्रेलिया पढ्न जाँदैछु तर ममा यो कुराको अभाव छ । केही कुरा अन्यौलमा छु बुझ्ने ठाउँ पाइरहेको छैन भन्ने लाग्दछ भने आउनुहोस् हामी सेवाका लागि प्रतिबद्ध छौं । यो सही ठाउँ हो । तपाईं प्रकिया जहाँबाट पनि गर्नुस् तर सूचना तथा जानकारीका लागि सेमिनारमा सहभागी हुन सक्नुहुनेछ । कुनै पनि सेवा लिनका लागि एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजमा विना हिचकिचाहट सम्पर्क गर्नुहोस् भन्न चाहन्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप