पत्रकारितामा म फुक्काफाल साँढेका रूपमा हुर्कें : नारायण वाग्ले

person access_timeअसार २२, २०७४ chat_bubble_outline0


सम्पादकले आफ्ना सहकर्मीको नैतिक बल उच्च पार्ने जिम्मेवारी लिएको हुन्छ, तर कसरी ? जब कि उसको अफ्नै व्यावसायिक जीवनको ग्यारेन्टीको टुङ्गो हुँदैन । 


सम्पादक भनेको निजामती सेवाको जागिरे होइन । ऊ राजनीतिक नियुुक्ति जस्तै हो । ऊ जबसम्म सम्पादक रहन्छ, उच्च मनोबलका साथ रहन्छ र सम्झौता गर्दैन । सम्पादकले सम्झौता गर्यो भने ऊ महाप्रवन्धक हुनपुग्छ । हामीले कुराकानी गरेको गोरखापत्रको सम्पादक र नेपाल टेलिभिजनको महाप्रवन्धकको होइन । जहाँ वास्तविक पत्रकारिताको अभ्यास हुन्छ, त्यहाँ ऊ प्रकाशकसँग व्यावसायिक मर्यादा र दूरीमा बसेको हुन्छ । 


उसलाई प्रकाशक, समाचार कक्ष र पाठकको विश्वास चाहिएको हुन्छ । ऊ तीनवटै विश्वासको धरातलमा उभिएको हुन्छ । त्यसैले उसले प्रकाशकसँग सम्झौता गर्यो भने उसको नैतिक बलमा प्रश्नचिन्ह लाग्छ । समाचार कक्षले प्रश्न गर्नेबित्तिकै अपनत्व लिन गरो हुन्छ । त्यही भएर सम्पादकलाई निजामतीको जागिरेको रूपमा हेर्नुहुँदैन । सम्पादक त्यो पदमा रहुन्जेलसम्म उसले पत्रकारिताको विकास र स्तरलाई अगाडि बढाउन भूमिका खेल्ने हो । ऊ त्यहाँ जागिर खान मात्र बसेको होइन । 
मैले मेरा समकालीन साथीहरूको टिप्पणी गर्न मिल्दैन । तर हाम्रो पत्रकारिताको मूल चरित्र हामी सबै ‘कम्फर्ट जोन’मा बसेर पत्रकारिता गरिरहेका छौँ । अहिलेको हाम्रो परिवेश पनि त्यस्तै छ । हामी राम्रो समयमा छौँ । कम सङ्घर्षबाटै हामीलाई सुविधाहरू प्राप्त छन् । विज्ञापन, तलब पनि नियमित आइरहेकै छ । थोरै दिमाग खियाए पनि समाचार, विचार सङ्कलन भएकै छ । सबैलाई सुख, सयल छ । अलि–अलि यो भएन, त्यो भएन भन्नेछ । अलि–अलि प्रतिस्पर्धा छ । एक हिसाबले आजको पत्रकारिता सरल, सीधा चलिरहेकै छ । 


तर मुख्य प्रश्नमा हामीले शाहस गरेको, सङ्कल्प गरेको, जेका लागि सबै कुरा छोडेर यसमा आएको हो, त्यो गरेको जस्तो पटक्कै देखिँदैन । हामीलाई हाम्रो पेसाले जे माग गर्छ, हामीले गर्न सक्यौँ कि सकेनौँ भन्ने प्रश्न सिङ्गै अगाडि छ । गर्न त मैले पनि मेरा साथीहरूले, सम्पादकले पनि सङ्घर्ष गरिरहनु भएको छ । तर यति गर्दागर्दै पनि पुग्यो कि पुगेन ? हामीले राष्ट्रमा पत्रकारितालाई संवाद कायम गर्ने सेतु बनाउन सक्यौँ कि सकेनौँ ? हामीले प्रश्नको दायरा बढाएका छौँ कि छैनौँ ? हामीले जोखिम उठाएका छौँ कि छैनौँ ?


यसो घोत्लिएर हेरौँ त, आज जोखिम लिने सम्पादक को हो ? आफ्नो टिमको नैतिक बल उच्चो गरेर कुन सम्पादक बसेको छ ? कसले समाजको धेरैभन्दा धेरै ज्वलन्त प्रश्न खेलाई रहेको छ ? कसले राजीनामा बोकेर हिँडिरहेको छ ? आज समाज पनि त्यसरी नै व्याकुल छ । उसले खोजेको धेरै सूचना र च्वाइसहरू पाइरहेको छैन् । पत्रकार, सम्पादकहरूले सम्झौता गरेर हो कि पत्रिकाहरूले आफ्नो सीमा आफै कोरेर हो । यस्तै देखिएको छ । 

एक लाइनमा, नेपालको पत्रकारिता ‘कम्फर्ट जोन’मा (सुविधाको घेराभित्र) बसेर, सुविधाजनक काम गरिरहेका छौँ र जोखिम मोल्न कोही पनि तयार छैन । 
कोही तयार छैन नभनौँ जोखिम मोलाइको स्तर निकै निम्न छ । 

यो पनि पढ्नुहोस्

हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले

यसलाई अर्को आयामबाट हेर्ने हो भने हामी सत्ताको भजन, कीर्तन गाइरहेका छौँ । मलाई यहाँ रवीश कुमारको भनाइ याद आइरहेछ जहाँ उनी भन्छन्– पत्रकारले सत्ताले दिएको सूचनामा प्रश्न गर्नु, त्यसको परीक्षण गर्नुको सट्टा सक्दो छिटो प्रकाशित, प्रसारित गर्न लागिपरेको छ । तपाईंले भन्न खोजेको कुरा पनि त्यस्तै होला होइन ? 


हाम्रो भोगाइ पनि सायद त्यही होला । अस्ति मलाई एक जना नेताले के हो समस्या भन्नुभयो । मैले भनेँ नेपालमा विपक्षी भएन । उहाँले हामी छौँ त भन्नुभयो । मैले भनेँ तपाईं कसरी विपक्षी हो ? सानो उदाहरण दिन्छु; सुशीला कार्कीलाई महाअभियोग लागेको अर्को दिन संवैधानिक परिषदको बैठक बसेर संवैधानिक नियुक्तिहरू गर्नु भयो तर संसद रोक्नुभयो । संसद रोक्नुभयो नियुक्ति फुकाउनुभयो । 

भन्नुको अर्थ, कम्बल ओढी–ओढी राज्यका सम्पूर्ण सुविधामा आफ्ना मान्छे पुर्याउन हुने अनि चर्को स्वर देखाए जस्तो गरेर हुन्छ ? त्यही भएर विपक्षविहीनता हाम्रो सबैभन्दा ठूलो समस्या हो । हाम्रो संस्कारै मिलिजुली खाऊँ भन्ने विकास भयो । यसलाई अर्को कोणबाट हेर्ने हो भने राजनीतिक प्रयोगको चरण पनि भन्न सकिएला । मिलिजुली खाऊँ भन्ने राजनीतिले सहकार्यको संस्कृति पनि बढाएको छ । एक हिसाबले मूलधारको राजनीतिमा एउटै टेबलमा सधैँ बैठक, छलफल भैरहेको छ । 

हिट्स बढ्ने समाचार किसानको हुँदैन भन्ने सबैलाई थाहा छ । किसानको समाचार किसानले पढ्दैन तर मिस नेपालको समाचार सबैले पढ्छन् । त्यसैले मिस नेपालको समाचार मैले लेख्नैपर्छ । मिस नेपालको समाचारमा धेरै लाइक पनि आउँछ । लाइक थपिने बित्तिकै मेरो मिडिया हाउसमा विज्ञापन थपिन्छ । त्यसैले मैले तपाईंलाई माथि नै भनेको हामी पत्रारिता होइन, मिडियाकारिता गरिरहेका छौँ । 


०४६ सालपछि राजनीतिक ‘डेडलक’ हुने अवस्था थियो तर हिजोआजको संसदमा त समन्वयकारी चियापान जारी छ । राजनीतिक दलहरू दैनिक चियापानमा छन् । मधेसमा आन्दोलन भइरहेको छ, चुनाव होला नहोला टुङ्गो छैन तर उनीहरू हरेक दिन प्रजातन्त्रको उत्सव मनाइरहेका छन् । पहिले ‘डेडलक’ थियो आज ‘डाइलग’ छ । एक हिसाबले राजनीतिक निकासको रूपमा यसलाई लिन सकिन्छ तर सँगसँगै हामीले विपक्ष गुमायौँ । यहाँ विपक्षको भूमिका चौथो भनिएको अङ्गबाट खेलिनु पथ्र्यो । 


अहिले पत्रकार कस्ता भए भने राजनीतिक दल, सङ्घ–संस्थासँग एउटै मञ्चमा बस्ने, खादा, फूलमाला लगाउने । जुन पत्रकार दृश्यमै आउनु हुँदैन्थ्यो ऊ मञ्चमा छ । उसको काम मञ्चमा बस्ने होइन, प्रश्न गर्ने हो । ऊ सामाजिक सेवामा लागेको मान्छे हो । उसले गर्ने प्रश्न हो । ऊ कहाँ कसैको प्रतिनिधि भएर मञ्चमा बस्न सक्छ ? मञ्च साझा गरेसँगै हामीले पनि विपक्षको भूमिका गुमायौँ । शायद यही भएर हामी पत्रकारिता गर्नेले घोत्लिएर आफ्नो आत्ममूल्याङ्कन गर्नु जरुरी छ । 

माथिको प्रसङ्गमा जाऊँ, आजको कर्पोरेट मिडिया हाउसमा हुने समाचार कक्षलाई कसरी हेर्नुभएको छ ? 


पहिलेको तुलनामा अहिलेको समाचार कक्ष विविध छ । पढालेखाका मान्छे आएका छन् । विभिन्न खाले पृष्ठभूमि छ । अर्को कोणबाट आज पत्रकारितामा पहिलेको तुलनामा चुनौतीपूर्ण छ । तर पत्रकारिताका साश्वत प्रश्नहरू हिजो जे थिए, आज पनि त्यही नै छन् र भोलि पनि त्यही रहन्छन् । 

सँगसँगै न्युजरुम सङ्कुचित पनि भयो होला है । जस्तै; पी साइनाथका विचारलाई आधार मान्ने हो भने हाम्रा पत्रिका, टेलिभिजनमा कृषि हेर्ने पत्रकार र बिट छैन । ज्यालादारी मजदुरलगायत असङ्गठित मजदुर भएको देशमा मजदुरहरूको कथा लेख्ने पत्रकार र बिट छैन । कृषि, मजदुरलयागत सीमान्तकृत समूहलाई कसले हेर्नेभन्दा त्यही पत्रकारलाई उपयुक्त ठानिन्छ र जिम्मा दिइन्छ, जसले कर्पोटेज भन्ने बिट सम्हालिरहेको हुन्छ । बुर्जुवा उद्योगपति कसरी धनी भए भनेर लेखिरहेको हुन्छ । कृषि त्यही मान्छेले हेरिरहेको हुन्छ, जसले बीउबीजनको कपी राइट हुँदा के–के फाइदा भनेर लेखिरहेको हुन्छ । यसले हामीलाई कतातर्फ लगिरहेको छ त ? अरूलाई के भन्ने म आफैले स्वास्थ्य, शिक्षा, रोजगारी, बेरोजगारी जस्ता मुद्दामा वास्तविक खोजी समाचार लेखेकै छैन, यस्तो किन हुन्छ ? 


तपार्इंले किन लेख्नु भएको छैन भने तपाईंको मिडियाले तपाईंसँग त्यो माग्दैन । मलाई पनि मेरो मिडियाले मागेको छैन । हामी यस्तो गन्जगोलमा छौँ कि हामीलाई लाइक्स र रिट्विट चाहिन्छ । हाम्रो सम्पादकलाई लाइक र सेयर चाहिएको छ । हाम्रो हिट्स बढ्नुपर्यो । 


हिट्स बढ्ने समाचार किसानको हुँदैन भन्ने सबैलाई थाहा छ । किसानको समाचार किसानले पढ्दैन तर मिस नेपालको समाचार सबैले पढ्छन् । त्यसैले मिस नेपालको समाचार मैले लेख्नैपर्छ । मिस नेपालको समाचारमा धेरै लाइक पनि आउँछ । लाइक थपिने बित्तिकै मेरो मिडिया हाउसमा विज्ञापन थपिन्छ । त्यसैले मैले तपाईंलाई माथि नै भनेको हामी पत्रारिता होइन, मिडियाकारिता गरिरहेका छौँ । 

यसको अर्थ आजको पत्रकारले महिला अधिकार र त्यससँगै मिस नेपालको फाइदाबारे पनि लेख्नुपरेको छ । 


(हाँस्दै...) हो । त्यही भएर त हामी कम्फर्ट जोनमा छौँ । एक किसिमले  मिडियाको ट्र्यापभित्र छौँ । यहीँ पत्रकारिताको प्रश्न छ । हामीले दैनिक पत्रकारिताका साश्वत प्रश्नहरूलाई कसरी उठाउने भन्ने चरणमा छौँ । खुमलटारमा कृषि अनुसन्धानको विशाल संरचना छ तर वर्षभरिमा तपार्इंले एउटा पनि समाचार भेटाउनु हुन्न जब कि तपार्इंले त्यहाँ भैरहेका अनुसन्धानमूलक कामको समाचार र स्टोरीहरू पढ्न पाउनुपर्ने हो । के हामी आफै त्यसबारे सुचित छौँ ? 


आजको मिडियाले के गर्छ भन्ने कुरा तपार्इंले यसो हेरे थाहा पाउनु हुन्छ । आजकै पत्रिकामा एउटा ठूलो खबर छ, उद्योगपतिहरूले मौद्रिक नीतिमा भाग लिए भन्ने । देशमा उनीहरू ‘पावरफुल लबी’ हुन् । शक्तिशालीहरूको प्राथमिकतासाथ खबर आउनुको मूल कारण मिडिया आफै हो । मिडियालाई उद्योगपतिहरूका समाचार, फोटो प्राथमिकतासाथ छाप्नुमा ठूलो गर्व अनुभूति हुन्छ । उद्योगपतिको कुरालाई बातानुकुलित कोठामा बसेर लेख्दाको जुन आनन्द पत्रकारलाई छ, त्यही आनन्द सम्पादक र प्रकाशकलाई छाप्नुमा छ । आज मेरो पत्रकारिताको गन्तव्य त्यही हो । मैले यहीँनेर प्रश्न गरेको हो । 


केही दिनअघि मैले एउटा ट्विट गरेँ, चट्याङले चार जना मान्छे मरे तर एक जना पनि पत्रकार चट्याङ स्थलमा पुगेका छैनन् । खास चट्याङ किन पर्दो रहेछ भनेर लेखेको साथीहरूले त्यो विषयमा समाचार त बनाए तर मैले आग्राको कुरा गरेको साथीहरूले गाग्राको समाचार लेखे । मैले घटनास्थलमा गएर चट्याङको विस्तृत स्टोरी आओस् भनेको त साथीहरूले चट्याङबाट जोगिने उपाय के–के हुन् भनेर समाचार लेखे । भन्नुको अर्थ पत्रकारिता भनेको के हो ? हामीले पत्रकारिता गर्दैगर्दा सूचना मात्र समाचार होइन । सूचना त एउटा स्रोत मात्र हो । 

पत्रकारको काम सूचना बेच्नु मात्र होइन भन्दै गर्दा एउटा पत्रकार राजनीतिक चेतना बोक्ने हुनुहुँदैन भनिन्छ । विचारधाराको तहमा म जम्मा दुई विचारधारा देख्छु, एउटा पुँजीवादी विचारधारा अर्को माक्र्सवादी विचारधारा । मैले पत्रकारिताको स्नातकोत्तर पढ्दा मेरा शिक्षकहरूले मलाई मेक्वेलको पुस्तकबाट पुँजीवादी विचारधाराअन्तर्गतको डेमोक्रेटिक जर्नालिजमको एक्साइजका बारेमा मात्र पढाए र यही नै पत्रकारिता हो भने । जब कि माक्र्सवादी विचारधारा अन्तर्गत यसरी पत्रकारिता गरिन्छ भनेन कि पुँजीवादी विचारधाराबाट प्रशिक्षित मेक्वेलले भने अनुरूप माक्र्सवादी विचारधाराबाट गरिने पत्रकारिता अधिनायकवादी हो भनेर खारेज गरिदिए । त्यहाँ एकतर्फी रूपमा पुँजीवादी विचारधाराको मात्र चर्चा, प्रशंशा र अभ्यासबारे मानिसहरूलाई प्रशिक्षित गरियो । अब तपाईं भन्नुस यस्तो शिक्षाले हामीलाई कहाँ लैजान खोजेको हो र विचार र पत्रकारका बीच कस्तो सम्बन्ध हुन्छ ?

हामीले समाजको तल्लो तहको कथाहरू ल्याएनौँ । तपाईंले ती कथाहरू नल्याईकन आफ्नो वैचारिक धरातल मजबुत गराउन सक्नुहुन्न । तपार्इंले कथाहरूको धरातलमा टेकेर नीतिगत प्रश्न गर्नुभयो भने अनि बल्ल बदलाब हुनुपर्ने कुन ठाउँ हो, त्यहाँ पुग्छ । 


यसलाई माथिको चट्याङको विषयसँग जोडेर हेरौँ । पत्रकारिताको अभ्यासले के भन्छ भने विचारभन्दा पनि सूचना दिने हो भने त अन्तर्राष्ट्रिय मञ्च अथवा रिडर डाइजेस्ट निकाले भैहाल्यो नि । अथवा गाँजर खानुका फाइदा के हुन् भनेर पत्रकारिता गरे भयो । के त्यही नै पत्रकारिता हो ? त्यस्ता समाचार मान्छेले नपढ्ने हो र ? हाम्रोमा आइरहन्छ नि लसुन खानुका पाँच फाइदा र सुत्नु अगाडि गर्नुपर्ने तीन काम जस्ता समाचार लेखे भैहाल्यो । तपाईं त्यसले छिट्टै लोकप्रिय पनि भैहाल्नु हुन्छ । 
तर त्यो पत्रकारले गर्ने पत्रकारिताको सामाजिक सेवा हो कि होइन ? पत्रकारिता हो कि होइन ? पत्रकारले गर्ने के हो ? र पत्रकारिता भनेको के हो ? तपाईंले गर्ने त विस्तृत रिपोर्ट लिने, मान्छेहरूलाई भेटेर उनीहरूको कथा बुझ्ने, जनताको तल्लो तहसम्म फिल्ड भिजिट गर्ने होला नि । तपाईंले रिसर्च गर्ने, मानिसहरूको धारणा बुझ्ने, प्रश्न गर्ने जसबाट तपाईंको मानसपटलमा एउटा सचित्र कथा तयार होस् । 


त्यो कथालाई प्रस्तुत गर्न तपाईंले निर्माण गरेको दृष्टिविन्दु, त्यहाँ न्याय छ कि अन्याय छ ? सामाजिक न्यायको पाटोमा तपार्इंले त्यहाँ के देख्नु भयो ? त्यहाँ यस्तो खाले स्टोरी भएन भनेको त यी सबै गर्न भनेको हो नि । यी सबै कुराको आधारमा तपाईंको ‘प्वाइन्ट अफ भ्यु’ के हो त ? भनेको हो नि । न्यारेटिभ बुन्ने कथा बुन्ने काम हो पत्रकारिता भनेको । हामी त्यहाँ पुग्नै सकेनौँ । हाम्रो स्वास्थ्य, शिक्षा, कला र शैलीको पृष्ठमा केही नयाँ छैन ।


पहिले स्टोरी आउनुपर्यो । जस्तै; काठमाडौँको मुटुमा भएका स्कुलहरूमध्ये सबैभन्दा धेरै विद्यार्थीहरू गएर पढ्ने रानीपोखरीमा रहेको दरबार हाइस्कुलमा जानुस् । त्यहाँ कसका बच्चा पढ्छन् ? त्यहाँ अहिले निम्न आय भएकाहरूको बच्चा पढ्छन् । पहिले काठमाडौँका कुलिनहरूको विद्यालय अहिले निम्न आए भएकाहरूको विद्यालय कसरी भयो ? पहिले समाचार आउँथ्यो आजभोलि समाचारसमेत आउँदैन किन ? किनभने त्यहाँ पढाउने अभिभावकहरूको समाचारसम्म पहुँच नै छैन । न त त्यहाँका अभिभावकको पहुँच कान्तिपुरसम्म  छ, न त्यहाँ कुनै पत्रकार गएर कहिलै सोधखोज गर्छ । निजी शिक्षण संस्थाको भन्दा सरकारी शिक्षण संस्थाका शिक्षकहरूको राम्रो सेवा सुविधा हुँदाहुँदै पनि किन सरकारी विद्यालयमा मानिसहरू जान चाहँदैनन् भनेर प्रश्न गरेनौँ । हामीले समाजको तल्लो तहको कथाहरू ल्याएनौँ । तपाईंले ती कथाहरू नल्याईकन आफ्नो वैचारिक धरातल मजबुत गराउन सक्नुहुन्न । तपार्इंले कथाहरूको धरातलमा टेकेर नीतिगत प्रश्न गर्नुभयो भने अनि बल्ल बदलाब हुनुपर्ने कुन ठाउँ हो, त्यहाँ पुग्छ । 


त्यसकारण पत्रकारले समाजको चरित्र, आम मानिसका सरोकार, उनीहरूको कथा कथ्ने हो । हामी मिडियालाई आवाजविहीनहरूको आवाज भन्छौँ, होइन । आज हाम्रा अधिकांश मिडिया आवाज भएकाहरूकै आवाज भएर प्रतिविम्बित भैरहेका छन् किनभने त्यो एउटा व्यापार हो । मिडियामा आफ्नो आवाज विकाउन चाहने ठूलो आवाजहरू हिजोआज समाचार कक्षको टेबुलसम्म स्वभाविक रूपमा आइपुग्छन् । किनभने त्यहाँ अर्थतन्त्र छ, त्यहाँ व्यापार छ । 

एउटा निश्चित राजनीतिक विचारधारा भएको  अर्थात् काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा अथवा मधेससँग नजिक रहेको पत्रकारले पत्रकारितामा पार्ने प्रभाव र एउटा कालखण्डमा विकसित भएको तपाईंहरुजस्ताको विचारधाराले दैनन्दिन पत्रकारितामा कस्तो प्रभाव पार्छ ?


अत्यन्त गम्भीर प्रश्न गर्नुभयो । कान्तिपुरमा छँदा मलाई त्यो महत्वपूर्ण दिनको रूपमा सम्झना छ, मनमोहन अधिकारी प्रधानमन्त्री भए अनि हाम्रा साथीहरूले अब नेपालमा बस्न नसकिने भयो भनेर एकाध साथीहरू समाचार कक्षमै बियर खाएर आएर घडी फुटालेर देशै छोड्ने कुरा गरे । (हा हा हा लामो हाँसो...) त्यतिखेरको कस्तो थियो भने कम्युुनिस्ट आएपछि एक किसिमको पत्रकारमा सबै सकियो भन्ने धारणा हावी थियो । बूढाबूढीलाई मार्छ भन्नेदेखि अनेक बुझाइहरू हावी थिए । कित्ताकाट हाम्रो पत्रकारिताको वास्तविक अवस्था हो । काङ्ग्रेसको पत्रकार, एमालेको पत्रकार, माओवादीको पत्रकार भन्ने । नभए कुनै पनि पत्रकारलाई प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरको सदस्य भएर हिँड्न मिल्छ ? 

तर उसले कुनै न कुनै राजनीतिक विचारधारा त समाउँछ होला नि ?


त्यहाँ मेरो प्रश्न छ । तपाईंले कुनै राजनीतिक विचारधारा राख्न मिल्यो । प्रगतिशील विचारधारा, माक्र्सवादी विचारधारा अथवा पुँजीवादी विचारधारा राख्न मिल्यो । सामाजिक न्यायको दृष्टिकोणबाट कुनै कुरालाई हेर्न मिल्यो । त्यो विल्कुलै स्वभाविक कुरा भयो, त्यहाँ समस्या भएन । तर, यहाँ समस्या के हो भने प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर भनेको नेपाली काङ्ग्रेस, एमाले र माओवादीका भ्रातृ सङ्गठन हुन् । त्यो भनेको ती राजनीतिक दलहरूका प्रचार विभागका अङ्ग हुन् । त्यसको गठनको उद्देश्य भनेकै पार्टीको हित गर्ने हो । 

दलित आयो दलित बिट, महिला आयो महिला तथा बालबालिका बिट । यो हाम्रो मिडियाको संरचनागत सोचको उपज हो । त्यसैले पहिलो प्रश्न नै यहीँ छ । के महिलाको काम महिला मात्र हेर्ने हो ? त्यसो हो भने पुरुषको काम के त ? हामीले महिलालाई यस्तो बनाइदियौँ पुरुषहरु पुरुषर्थ देखाएर ठाँटका साथ हिँड्ने भए । यो भनेको पत्रकारिता विकासको प्रारम्भिक चरणको काइदा हो । 


त्यसको उद्देश्य भनेकै पार्टीलाई सघाउने हो । पार्टी भनेको वाद होइन । वाद भनेको पार्टी हो भनेर बुझ्यौँ भने हामी सकियौँ । तपाईंमा माक्र्सवादी, पुँजीवादी विश्वदृष्टिकोण छ भने म त्यसको उच्च सम्मान गर्छु । तपाईंले विश्वदृष्टिकोण राख्न मिल्यो । काँग्रेसको नजिक नजिक देखिन मिल्यो । त्यसले केही समस्या पार्दैन । जस्तै न्युयोर्क टाइम्स लेफ्ट लेफ्ट हो, त्यसैकारण ट्रम्पले लेफ्टहरूले खेदो खने भनेर कराउँछन् । 


यसले यस्तो लेख्छ भन्ने हुँदाहुँदै पनि सबैभन्दा महत्वपूर्ण कुरा वस्तुनिष्ठता हो । कुनै न कुनै दृष्टिकोण तपाईंमा अवश्य हुन्छ । त्यो दृष्टिकोण हँुदाहुँदै पनि तपाईंमा वस्तुनिष्ठ, तथ्यपरक भयो भने त्यसले निम्त्याउने प्रश्नहरूले समाजलाई जुन लाभ पुर्याउँछ, त्यो म राजनीतिक निरपेक्ष हुँ भन्दा बरु समाजलाई घाटा पुर्याइरहेको हुन्छ । 

सम्पादकहरू काङ्ग्रेसमा आबद्ध पत्रकारलाई काङ्ग्रेस बिट, एमालेमा आबद्ध पत्रकारलाई एमाले बिट, माओवादीमा आबद्ध पत्रकारलाई माओवादी बिट र अलिक कालो वर्णको कोही आयो भने मधेस बिट हेर्नू भन्छन् । यसले हाम्रो पत्रकारितालाई कहाँ लैजाँदै छ ? पत्रकारितामा देखिएको यो ट्रेन्डमा प्रश्न गर्नुपर्दैन र ?


दलित आयो दलित बिट, महिला आयो महिला तथा बालबालिका बिट । यो हाम्रो मिडियाको संरचनागत सोचको उपज हो । त्यसैले पहिलो प्रश्न नै यहीँ छ । के महिलाको काम महिला मात्र हेर्ने हो ? त्यसो हो भने पुरुषको काम के त ? हामीले महिलालाई यस्तो बनाइदियौँ पुरुषहरु पुरुषर्थ देखाएर ठाँटका साथ हिँड्ने भए । यो भनेको पत्रकारिता विकासको प्रारम्भिक चरणको काइदा हो । 


मैले के पनि भन्दै आइरहेको छु भने हाम्रा पत्रकारहरूमा कन्फर्मिस्ट हुने रोग छ । त्यसले निकटताबाट बहकाउमा आउने प्रवृत्ति बढाएको छ । बिट सिस्टम भनेको खासमा विशिष्टीकरणको प्रक्रिया थियो । तर यहाँ बिट भनेको अनुकूल हुने बनाए । म कान्तिपुरको स्थापनाकालदेखि नै संलग्न भएको हुनाले मैले सुरुको विकासक्रम देख्न पाएँ । हामी त्यसबेला अलराउन्डर थियौँ । सबैले सबै काम गर्ने हुँदा कसैले पनि केही नगर्ने भए । अनि समाचार ल्याउन र पाना भर्नका लागि पनि विशिष्टीकरणतर्फ जानुपर्छ भन्ने भयो । अहिलेको बिट सिस्टम त्यहीँबाट आएको हो । 

त्यतिबेला समाचार लिन जाँदा त्यो नेवि सङ्घको हो कि होइन ? कहाँ बसेर काम गरेको हो ? कसको मान्छे हो ? भनेर उनीहरूको नजिकका मान्छेले भनिदिनुपर्ने थियो । एमालेमा पनि त्यस्तै चरम थियो । समाचारका लागि एक्सेस पाउन पनि मूल्य तिर्नुपर्ने भयो, नत्र सूचना नपाउने । अर्को राजनीतिक नेतृत्वमा पत्रकारले समाचार लेख्ने, प्रश्न गर्ने होइन कि आफूले लेखाउने हो भन्ने स्पष्ट धारणा थियो । 


म पत्रकारितामा केही फरक गर्छु भनेर आएको थिएँ । मलाई पत्रकारितामा केही नयाँ अर्थात् हिमाली भेगको, गाउँको, पर्यटनको सानो सानो कथा लेख्ने कुराले तानेको थियो । त्यसैले म विभिन्न प्रयोग गर्न चाहन्थेँ । अनि त्यो कुन बिट हो भन्ने पनि कसैलाई थाहा थिएन । संयोगले सम्पादकले विश्वास गरिदिएको हुनाले म पत्रकारितामा फुक्काफाल साँडेको रूपमा हुर्केँ । तर साथीहरूलाई चाहिँ बाँधेर च्यानलाइज गर्नुपर्ने भयो । 


कान्तिपुरको सुरुवाती चरणमा सत्ता र पावरले गर्दा काङ्ग्रेस निकट साथीहरू धेरै थिए । आवाज पनि उनीहरूकै ठूलो थियो । काङ्ग्रेसको समाचार लेख्नमा पनि को किसुनजीको, को गिरिजाबाबुको र को गणेशमानको नजिक छ भन्ने कुराले महत्व राख्थ्यो । पछि राजनीतिक समाचार लेख्दा मलाई गिरिजाबाबुको मान्छेहरूले यो देउवाको मान्छे या किसुनजीको मान्छे हो भन्थे । किसुनजी र देउवाका मान्छेहरूले मलाई यो कोइरालाको मान्छे हो भन्थे । नेताहरूको ‘भ्यालु सिस्टम’ले र उनीहरूको अविश्वासले गर्दा पनि बीट सिस्टममा गएको हो । 


त्यतिबेला समाचार लिन जाँदा त्यो नेवि सङ्घको हो कि होइन ? कहाँ बसेर काम गरेको हो ? कसको मान्छे हो ? भनेर उनीहरूको नजिकका मान्छेले भनिदिनुपर्ने थियो । एमालेमा पनि त्यस्तै चरम थियो । समाचारका लागि एक्सेस पाउन पनि मूल्य तिर्नुपर्ने भयो, नत्र सूचना नपाउने । अर्को राजनीतिक नेतृत्वमा पत्रकारले समाचार लेख्ने, प्रश्न गर्ने होइन कि आफूले लेखाउने हो भन्ने स्पष्ट धारणा थियो । 


समाचार टिपाउने र लेखाउने भएपछि उनीहरूले आफ्ना मान्छेलाई मात्र सूचना दिने भए । भन्नुको अर्थ हामीले त्यसबेला नेताहरूको हितैसी भएर काम गर्यौँ । आजको बिट सिस्टम त्यससँग जोडिएर आएको छ । तर आजको दिनमा पत्रकारितामा जस्तो टे«न्डको विकास भएको छ, यसमाथि प्रश्न गर्नुपर्ने कुरामा शङ्का नगरे हुन्छ ।  

मेरो पनि सानो अनुभव छ, मैले काङ्ग्रेसको समाचार लेख्ने बेलामा एक दिन रामचन्द्र पौडेललाई फोन गरेको उनले सबै समाचार कुल चन्द्रलाई टिपाएको छु, उनैबाट लिनु भने । त्यस्तै सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीलाई फोन गरेको साफ थर्काएर त्यो समाचारका लागि तपाईंको अफिसमा लिलाराज खनाल छन्, उनलाई फोन गर्न भन्नु भने । 


त्यस्तो किन भने हामी सबै प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरको वार्षिक उत्सवमा, विभिन्न कार्यक्रममा गइरहेका हुन्छौँ । त्यस्तै हामी निश्चित साथीहरू सेनाको पत्रकार सम्मेलनमा गइरहेका हुन्छौँ । उनीहरू यो मान्छे भयो भने सजिलो हुन्छ भनेर विश्वस्त भैसकेका छन् । यिनीहरूले पनि कहिलै उनको आलोचनात्मक समाचार लेख्दैनन् । दलहरूको अलोकतान्त्रिक आचरणका कारण उनीहरू समय समाज चिन्दैनन् । अहिलेको राजनीतिक पङ्क्तिले चिन्ने भनेको स्वार्थ मात्र हो । 
स्वार्थहरूको कम्फर्ट जोनमा बसेर उसले आफ्नो प्रचार विभाग, स्कुल विभाग चलाइरहेको छ अनि आफ्नो मान्छे खोजेर समाचार टिपाउँछ । ऊ आफै लोकतान्त्रिक छैन, अनि हामी पत्रकार उसको मतियार भएर हिँडिरहेका हुन्छौँ । हामीले आफ्नो बिट सिस्टमलाई त्यहीँ लगेर ढालिदियौँ । अनि समाचार भनेको ठेक्कापट्टा प्रथाको शैलीमा विकसित हुँदै गयो । फलानोसँग निकट छ भने समाचार आउँछ, नभए समाचार आउँदैन । 

माओवादीलाई हेर्ने सवालमा कान्तिपुरमा छँदा हामीले माओवादीको ‘ग्ल्यामराइज’ गरेर सारै धेरै प्रचार गर्यौँ र कान्तिपुरले नै माओवादी बढायो भन्ने लाञ्छना हामीले हाम्रै समाजबाट बेहोर्यौँ । माओवादीको ‘रोमेन्टिसाइज’ गरियो भन्ने अपगाल पनि बेहोर्यौँ । त्यसैले हतियार छोडाउनु र राजनीतिक संवाद गराउनु नागरिकको मुख्य अभीष्ट थियो ।


नागरिकको सम्पादक हुँदा पक्कै पनि कुनै राजनीतिक विचारधाराले तपार्इंलाई आकर्षित गर्यो होला, जसको कारण पत्रिकामा छ्यापछ्याप्ती माओवादी विरोधी समाचार छापिए । कति झुठा समाचारहरू रहेछन् भन्ने पनि स्पष्ट भयो । मैले तीनवटा नारायण वाग्ले भेटेँ । पहिलो नारायण वाग्ले, जसलाई मैले पत्रिकामा पढेँ । दोस्रो नारायण वाग्ले, जसलाई मैले पल्पसा क्याफेमा पाएँ र तेस्रो नारायण वाग्ले, जसलाई मैले मेरो अगाडि पाउँदै छु । अहिले जसरी आफूलाई अभिव्यक्त गर्दै हुनुहुन्छ, समयकालसँगै चेतनामा आएको परिवर्तनले यसो विगततिर फर्किएर हेर्दा पश्चाताप पो हुन्छ कि ? हिजोको दिनमा मैले त्यस्तो पनि गरेछु है, भन्ने आफै मनमा कुरा खेल्दो हो कि ?


(मुसुमुसु हाँस्दै...) निकै राम्रो प्रश्न । मानिसहरू यस्तो प्रश्न सोध्दैनन् तर, यो निकै महत्वपूर्ण प्रश्न हो । माओवादीलाई हेर्ने सवालमा कान्तिपुरमा छँदा हामीले माओवादीको ‘ग्ल्यामराइज’ गरेर सारै धेरै प्रचार गर्यौँ र कान्तिपुरले नै माओवादी बढायो भन्ने लाञ्छना हामीले हाम्रै समाजबाट बेहोर्यौँ । माओवादीको ‘रोमेन्टिसाइज’ गरियो भन्ने अपगाल पनि बेहोर्यौँ । त्यसैले हतियार छोडाउनु र राजनीतिक संवाद गराउनु नागरिकको मुख्य अभीष्ट थियो । समाजमा द्वन्द्व हुन्छ तर द्वन्द्वरत पक्षका बीचमा हतियार छोडाउनु र राजनीतिक संवादमा ल्याउनु हाम्रो मुख्य अभीष्ट रहिरह्यो ।

स्थापित पत्रकार, साहित्यकारले प्रयोग गर्ने आधा नाम, अर्कै नामलाई परिवर्तन गर्नुपर्छ भन्ने चेतना कहिलै नआउने तर प्रचण्डलाई पुष्पकमल दाहालनै भन्नुपर्छ भन्ने चेतनाको विकास कसरी हुँदो रहेछ ? साथै झुठो नाम प्रयोग गरी पत्रिकाका शीर्षहरूमा सेनाका मान्छेले लेख्दा त्यो गलत थियो कि सही भनेर सोच्नसमेत नपर्ने कस्तो खाले चेतनाको घोतक हो ?


माओवादी मङ्सिर ५ मा जब विस्तृत शान्ति सम्झौतामा आयो, त्यसपछि हामीले अब आमुन्ने सामुन्ने संवाद गर्ने समयको सुरुवात भयो भन्ने निष्कर्षका साथ अब छायाँ नाम, भूमिगत नामबाट होइन कि वास्तविक नामबाट चिनाउनु पर्छ, यो भनेको बृहद संवादको समय हो भनेर भोलिपल्टबाट प्रचण्डको नाम पुष्पकमल दाहाल लेख्न थालेको हो । 


हामीले सम्पादकीय निर्णय नै गर्यौँ । अबदेखि भूमिगत नाम कसैको पनि नलिने भनेर । भूमिगत नामले त्रास भयो भन्ने हाम्रो ठम्याइ थियो । अर्को कुरा हिजो युद्धको समयमा मान्छे गोप्य हुन्छ, त्यो युद्धको चरित्र थियो । संवादको चरित्रमा उसको भूमिका फरक हुनुपर्छ भनेर हामीले त्यसो गरेको हो । 

मैले माथि तपाईंलाई सोधेको थिएँ, एउटा पत्रकारमा रहेको राजनीतिक विचारधारा र त्यो चेतले कसरी काम गर्छ भन्ने सवालमा समग्र पत्रकारिताको विकासमा यो महत्वपूर्ण प्रश्न होइन र ? कि तपाईं हुँदा पत्रिकाका पाना एउटा खाले देखिन्छन् र अर्को सम्पादक हुँदा अर्कै खाले देखिन्छन् । 


भूमिगत नामबाट हामीमाथि उठिसकेको हुनाले हिजो आज हामीले नै प्रचण्ड लेख्छौँ । जस्तै; मैले अहिले लेखेको लामो लेखमा मैले आफैले प्रचण्ड लेखेको छु । अब प्रचण्ड भनेको पुष्पकमल दाहाल हो । ‘हि इज अ बाहुन’ । ‘हि इज अ उच्च पाहाडी मूल’ । ‘हि इज अ रेभलुस्नरी’ । ‘हि इज अ लिडर’ । ‘हि इज अ माक्र्ससिस्ट’ ।

तपाईंको यो विचारले मैले मेरो पुरानो धारणामा सोच्दै छु भन्ने देखाउँछ । 


सोच्दैछु भन्ने भएन । हिजोआज प्रचण्ड यति धेरै पुष्पकमल दाहाल भैसके कि प्रचण्ड लेख्दा पनि को प्रचण्ड भन्ने हुँदैन । प्रचण्ड भनेको कस्तो छवि हो सबैले बुझिसके । अब पासिङ रिमार्कको रूपमा प्रचण्ड आउनु भनेको पुष्पकमल दाहाल नै हो भन्ने मानिसहरू निश्चित भैसके । नागरिक स्थापना गर्दा माओवादीसँग हाम्रा सैद्धान्तिक मतभेदहरू थिए । वर्तमान ठूलो शक्तिलाई हामीले बढीभन्दा बढी जवाफदेही बनाउनुपर्छ भन्ने थियो । 

रो दृष्टिकोणमा भएको क्रिटिकल अर्काको नजरमा ‘बायस’ हुन पनि सक्छ । बायसनेस भनेको अवधारणा हो । म बायस छु कि छैन भन्ने कुराको ‘फिजिकल फ्याक्ट’ (वस्तुगत तथ्य) हुँदैन । त्यो धारणा हो । तपाईंको फ्याक्टलाई कसरी राख्नु हुन्छ भन्ने कुरा तपाईंको ओरिन्टेसन भयो । किनभने तथ्यलाई राख्ने तरिका हुन्छ । बायसनेस हटाइराख्नु पर्दैन, मात्र तपाईंको तथ्यलाई बलियो बनाउनुस् । 


कान्तिपुरको सुरुदेखिकै सिकाइको जगमा नागरिकलाई पृथक बनाउनु पर्छ भन्ने थियो । कान्तिपुरले सुरुमा नेपाली काङ्ग्रेसलाई कडाकडी प्रश्न नै गरेन, जब कि उसले गर्न सक्थ्यो । नागरिक स्थापना गर्दा हामी कान्तिपुरदेखि नागरिकको तहमा आइसकेका थियौँ । नागरिकमा आउँदासम्म हामीले प्राथमिक विद्यालय पास गरिसकेका थियौँ । अब भनेको हाम्रो प्रश्न गर्ने पालो थियो । 

‘क्रिटिकल’ र ‘बायसनेस’बीच हुने डिमार्केसनलाई कसरी छुट्याउने ? 


राम्रो प्रश्न, प्रश्न भनेको यो हो । मेरो दृष्टिकोणमा भएको क्रिटिकल अर्काको नजरमा ‘बायस’ हुन पनि सक्छ । बायसनेस भनेको अवधारणा हो । म बायस छु कि छैन भन्ने कुराको ‘फिजिकल फ्याक्ट’ (वस्तुगत तथ्य) हुँदैन । त्यो धारणा हो । तपाईंको फ्याक्टलाई कसरी राख्नु हुन्छ भन्ने कुरा तपाईंको ओरिन्टेसन भयो । किनभने तथ्यलाई राख्ने तरिका हुन्छ । बायसनेस हटाइराख्नु पर्दैन, मात्र तपाईंको तथ्यलाई बलियो बनाउनुस् । 


माओवादीलाई हेर्ने बुझाइमा हाम्रो सबैभन्दा ठूलो कुरा के थियो भने माओवादीले हतियार बुझाएर, जनमुक्ति सेनालाई समायोजन नगरेसम्म त्यसमा लेख्ने र कभरेज गर्ने थियो । त्यसपछिको कभरेज फरक छ । भन्नुको अर्थ माओवादीको सैन्य चरण र राजनीतिक चरणलाई हेर्ने दृष्टिकोण फरक छ । नेपाली सेनालाई पनि हेर्ने दृष्टिकोण त्यही हो । सेनाले जुन दिनदेखि आफ्नो सङ्ख्या ४५ हजारबाट ९० हजार बनाउँदै लग्यो सेनाप्रति हाम्रो समाचार कक्ष आलोचनात्मक हो । 


अहिले त फास्ट ट्र्याक नै दिने भए । सेना अहिले टुँडीखेलमै त्यत्रो शक्तिशाली भवन बनाएर बसेको छ । कसैले प्रश्न गर्दैन । भन्नुको अर्थ हाम्रो मुख्य जोड भनेको लोकतान्त्रमाथिको पकड कसैले स्थापित गर्छ भने त्यो शक्तिलाई हामीले लोकतन्त्रको दायराभित्र ल्याउने प्रयाससहितको दृष्टिकोण हो । त्यो दृष्टिकोण ‘बायस’ पनि हुन सक्छ । तर म त्यो हाम्रो कर्तव्य हो भन्छु । किनभने जहाँ कसैले प्रश्न उठाउन सक्दैन् भने त्यहाँ अदृश्य शक्ति कायम हुनु हो । 
 

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ