शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपनगरपालिका पदाधिकारीले पदभार ग्रहण गरे

बिहीबार, २२ असार २०७४, १६ : १५
बिहीबार, २२ असार २०७४


नेपालगन्ज-  नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख डा धवलशम्शेर राणाले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । 

त्यसैगरी उपप्रमुख उमा थापामगर, वडाध्यक्ष र सदस्यले पनि आजैदेखि आआफ्नो पदभार सम्हाल्नुभएको छ । 

नगरपालिका परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नु भएपछि उहाँहरुले पदभार सम्हाल्नु भएको हो । 

नगर प्रमुख, उपप्रमुखसमेत नेपालगन्ज उपमहानगरपालिकाको कूल २३ वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यस अवसरमा नवनिर्वाचित प्रमुख राणा र उपप्रमुख मगरले जनतालाई गरेको वाचा र नगरको आवश्यकताअनुसार आफूहरुले काम गर्ने विश्वास दिलाउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप