शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात नम्बर प्रदेशमा बजेटबारे छलफल

बिहीबार, २२ चैत २०७४, १६ : १८
बिहीबार, २२ चैत २०७४

कैलाली– सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको बजेट तयारीबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

बिहीबार मन्त्री बोहोराले ९ वटै जिल्ला समन्वय समितिका संयोजक,कोष नियन्त्रक र जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष , भन्सार अधिकृत ,सेती र महाकालीका कर अधिकृत, बाजुरा,डडेल्धुरा ,कञ्चनपुर ,डोटी र दार्चुला तथ्याङ्क प्रमुख र राष्ट्र बैंक धनगढी का प्रबन्धकसँग बजेटबारे छलफल गरेका हुन् ।

छलफलमा प्रदेश ७ का  जिल्ला समन्वय समिति महासंघका अध्यक्ष गणेश भट्टले पहाडको अनियन्त्रित बसाइँसराइ रोक्न गाउँघर विकास कार्यक्रमबाट पहाडमै विकास गर्न प्रदेश सरकारले जोड दिनुपर्ने बताए । अध्यक्ष भट्टले अल्पकालीन बजेट युवा स्वरोजगार केन्द्रीत हुनुपर्ने बताए । 

त्यस्तै सेती अञ्चल कर अधिकृत कृष्ण बहादुर बोहराले जनतालाई कर रहरले तिर्ने वातावरण बनाउन कर शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

उद्योग वाणिाज्य महासंघ ७ नम्बर प्रदेश संयोजक शंकर बोगटीले बजेट छर्नु भन्दा पनि अर्थपूर्ण कार्यक्रमबाट जनतालाई राहात महसुस हुने कार्यक्रम ल्याउन सुझाव दिए । यस्तै छलफलमा सहभागि अधिकांश बक्ताहरुले ७ नम्बर  प्रदेशको बिकासको मुल आधार कृषि ,जलविद्युत ,पर्यटन र जडिबुटीलाई बजेटमा विशेष प्राथमिकतामा राख्न जोड दिएका थिए । 

सहभागिहरुको सुझाव सुनेपछि मन्त्री बोहराले बजेटलाई सबैको स्वामित्व र जनमुखी बनाउन यस्ता छलफल सहयोगि बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सहजिकरण अर्थ सचिव शंकरकृष्ण श्रेष्ठले गरेका थिए ।

यसैगरी चैत्र ३० गते प्रदेश ७ का ८८ वटा स्थानीय तहका प्रमुखहरुसँग छलफल गरि सरकारले ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गर्ने तयारी भएको मन्त्री बोहोराका प्रेस सल्लाहकार भरत बोहराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप