शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमकै नमुना कारागार बन्दै बझाङ कारागार

बिहीबार, २२ चैत २०७४, १६ : ०२
बिहीबार, २२ चैत २०७४

सम्राट सिंह
 

बझाङ– बझाङको जिर्ण  जिल्ला कारागार पुनः निर्माण भएपछि सुदूरपश्चिमकै नमुना कारगार बनेको छ । 

२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो । शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित  २ वटा भवनहरुको निर्माण गरेको हो ।

यसअघि जिर्ण कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले सजाय भोग्दै आएका थिए । बझाङ कारागार जिर्ण भएकै कारण विगतमा कतिपय कैदी बन्दीहरु फरार भएका थिए । शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जानकारी दिएको छ ।

आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भएपछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत (जेलर) राजेन्द्र बोहराले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप