शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ वर्षको उमेरमा हराएकी छोरीसँग २४ वर्षपछि पुनर्मिलन, चीनभरी भइरहेछ चर्चा

बिहीबार, २२ चैत २०७४, ११ : १६
बिहीबार, २२ चैत २०७४

एक चिनियाँ जोडीको २४ वर्ष अगाछि हराएकी तीनको छोरीसँग पुनर्मिलन भएको छ ।
वाङ्ग मिङ्गकिङ्ग र उनकी श्रीमती लिउ डेन्गीङ्गले छोरी क्विफेङ्गलाई तीन वर्षको उमेरमा १९९४ मा हराएका थिए । उनीहरु त्यो बेलादेखि आफ्नो हराएको छोरी खोजी रहेका थिए ।
वाङ्गले छोरी भेटिन्छ कि भनेर ट्याक्सी चलाउन थालेका थिए । उनी कुनै दिन आफ्नो हराएको छोरी आफ्नो ट्याक्सीमा यात्रुको रुपमा चढेको अवस्थामा भेटिने आश गर्थे ।
एक अनलाईन पोष्ट पढेपछि वाङ्गकी छोरीले यो वर्षको शुरुमा उनलाई सम्पर्क गरेकी थिइन् ।
यो अद्भुद कथा चीनभरी अहिले चर्चाको विषय बनेको छ ।
वाङ्ग मिङ्गकिङ्ग र लिउ डेन्गीङ्ग चीनको दक्षिण–पश्चिम शहर चेन्ग्दुको सडक छेउमा फलफूल बेच्थे । 
एक व्यस्त दिनमा वाङ्ग पैसा खुद्रा साट्नको लागि छेउको पसलमा गएका थिए ।
केही समय फर्कदा उनको छोरी हराइसकेकी थिइन् । 


वाङ्ग र उनको श्रीमतीले वर्षौ आफ्नो छोरीलाई शहर र वरपर क्षेत्रमा खोजे । त्यसक्रममा उनीहरुले पत्रिकामा विज्ञापन निकाले र अनलाइन आह्वान गरे । हराएकी छोरी खोज्दै पहिलेको ठाँउमा आउली भन्ने आसमा यी जोडीले कहिले पनि चेङ्गदु शहर छाडेनन् । 
सन् २०१५ मा वाङ्ग आफ्नो खोजलाई अझ वृहद बनाउने आस गरे । यही उदेश्यले वाङ्गले ट्याक्सी चलाउन थाले ।
उनले आफ्नो ट्याक्सी पछाडीपट्टी ठूलो अक्षरमा यस बारेमा जानकारी लेखेका थिए । उनले आफ्नो ट्याक्सीमा चढ्ने हरेक यात्रुलाई यसबारेमा सूचना भएको सानो कार्ड दिने गर्थे ।
वाङ्गसँग आफ्नी छोरी क्विफेङ्गको सानो हुँदाको फोटो नभएकाले उनले आफ्नो अर्की छोरीको फोटो कार्डमा राखेका थिए । उनका क्विफेङ्गको अलावा अर्का एक छोरी र एक छोरा पनि रहेका छन् । अर्की छोरी पनि क्वीफेङ्ग जस्तै देखिन्थिन् ।
उनको यो क्रियाले चिनियाँ मिडियाको ध्यान तान्यो । “एक दिन मेरो कारमा वस्ने व्यक्ति मेरो छोरी हुनसक्छे ।” वाङ्गले मिडियालाई भनेको भनाई हो यो ।
आउने वर्षहरुमा चिनियाँ पुलिसले धेरै महिलाहरु क्विफेङ्ग शङ्का गर्दै उनको अगाडी ल्याए तर डिएनए परीक्षणले तिनीहरु उनको छोरी भएको प्रमाणित भएन ।
यस खोजीमा अघिल्लो वर्ष महत्वपूर्ण मोड आयो जब पुलिसमा स्केच बनाउने एक कलाकारले वाङ्गको कथा पढे र ठूली भइसकेकी क्विफेङ्ग कस्ती भएकी हुनसक्छिन् भनेर तस्विर बनाउने निर्णय गरे । सो तस्विर इन्टरनेटमा वितरण गरियो ।
हजारौं किलोमिटर टाढा देशको अर्को कुनामा काङ्ग यीङ्ग भन्ने एक महिलाले यो तस्विर हेरिन् र यो तस्विर आफूसँग धेरै हदमा मिलेको पाउदा एक पटक त झस्किइन् । 
चिनिया रिपोर्टहरुका अनुसार उनलाई चेङ्गदुभन्दा २० किलोमिटर टाढा एक परिवारले पालेका थिए । 
उनलाई पालेको परिवारले उनलाई सानोमा चेङ्गदुको सडक छेउमा भेटर पाल्न थालेको भनेको थियो ।
यो वर्षको शुरु तिर उनले वाङ्गलाई सम्पर्क गरिन् र उनको हराइरहेको छोरीका भनिएका केही कुराहरु आफूसँग मिल्ने बताइन् । यसमा उनको निधारमा रहेको सानो खत र जहिले सुकै रुदा पनि वाकवाकी आउने पनि मिल्थ्यो ।
छिट्टै डिएनए परीक्षणको चाँजो मिलाए । यो पटक भने परीक्षण सकारात्क देखियो । वाङ्गले अन्ततः आफ्नो हराएको छोरी भेट्टाए ।
सोमबार वाङ्ग र काङ्ग यीङ्गले पहिलो पटक भोइस मेसेन्जर एपमा कुरा गरे ।
“आजबाट तिम्रो बुवाको सधै तिमीलाई साथ हुनेछ । तिमीले केहीको चिन्ता लिनुपर्दैन । तिम्रो बुवाले तिमीलाई सहयोग गर्नेछ,” वाङ्गले त्यो बेला भने ।
उनले यो खबर समाजिक सञ्जालमा पनि शेयर गरे । त्यसमा उनले लेखेका थिए “मेरो २४ वर्षको प्रयास खेर गएन । मेरो छोरी भेटिएकी छिन्– सबैलाई धन्यवाद ।”
मङ्लबार यो जोडीले पहिलो पटक व्यक्तिगत रुपमा काङ्ग यीङ्गलाई भेटे । यीङ्ग आफ्नो श्रीमान ,छोरा र छोरीका साथमा चेङ्गदु आएकी थिइन् ।
पहिलो भेटमा काङ्ग यीङ्ग र उनकी आमा लिउ देङ्गयीङ्गले एकअर्कासँग कसिलोसँग अङ्कमाल गरे र आफ्नो पुनर्मिलनमा रोए ।
आसु सहित काङ्ग याङ्गले रिपोर्टरलाई भनिन् “पुरा संसारले मेरो आमा छैन भनेको थियो । तर मसँग मेरी आमा छिन् ।” 
“यो २४ वर्ष हामीले कति आशा, निराशा र दुःख भोग्यौं म तपाईलाई भन्न सक्दिन । अन्ततः हाम्रो भेट भयो ।” बेइजिङ्ग युथ डेली समाचारपत्रसँग बोल्दै वाङ्गले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप