शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रंगेली नगरपालिकाको प्रमुख –उपप्रमुख दुवैमा माओवादी विजयी

बिहीबार, २२ असार २०७४, १५ : ००
बिहीबार, २२ असार २०७४

मोरङ– मोरङको रंगेली नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । रंगेलीको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार दीलिप अग्रवाल र केशकुमारी खनाल विजयी भएका हुन् ।

मेयरका उम्मेदवार दीलिप अग्रवाल ’बगडिया’ ले ८ हजार ६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरेले ६ हजार १ सय ८६ मत प्राप्त गरे ।
उपमेयरमा पनि माओवादी विजयी भए पनि विवाद उत्पन्न भएका कारण अहिलेसम्म विजेताको घोषणा गरिएको छैन् । 


उपमेयरमा माओवादी केन्द्रकी केशकुमारी खनाल ५७२० मत प्राप्त गर्दै विजयी भएकी हुन भने कांग्रेसकी राधादेवी मण्डल ५७०८ मत प्राप्त प्राप्त गरेकी छन् । 


माओवादी केन्द्रकी खनालले १२ मतले जितेपछि कांग्रेस प्रतिनिधिले पुनः मतगणनाको माग राखेपछि वडा नम्बर ७ को पुनः मतगणना गर्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप