शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९  भाषामा अनुवादित बसन्त चौधरीको कविता सार्वजनिक (फाटो)

बुधबार, २१ चैत २०७४, १७ : २३
बुधबार, २१ चैत २०७४

काठमाडौं–उद्योगपति एवं गीतकार बसन्त चौधरीका नौ भाषामा अनुवादित कविता कृति बसन्त सार्वजनिक भएको छ । 

बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच चौधरीको कविता कृति बसन्तको नौ भाषामा अनुवादित कविता संग्रहको एक साथ विमोचन गरिएको हो । 

नेपाली भाषाको चौधरीको कविता संग्रह बसन्त अंगे्रजी, हिन्दी, भोजपुरी, मैथिलि, माडवारी, तामाङ्ग, नेपाल भाषा र बंगाली भाषामा अनुवादित छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, संस्कृतिविद् दुर्गालाल श्रेष्ठ, भुवन ढुंगाना, प्राध्यापक उषा ठाकुर लगायतले एक साथ बसन्त कविता संग्रहको विमोचन गरे । 

नेपाली साहित्यमा यति धेरै भाषामा अनूदित कृतिको एकसाथ विमोचन गरिएको यो पहिलो पटक हो ।

भाषागत रुपमा भिन्न भिन्न गरि बषन्तका नौ रंगमा पुस्तकको कभर डिजाईन गरिएको छ । कार्यक्रममा सिल्पि थियटरले बसन्त कवितालाई नाट्य रुपान्तरण गरि प्रस्तुत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप